लन्डन। शान्ति नेपाली समाज बेलायतको अध्यक्षमा प्रबिण खराल निर्वाचित भएका छन्। सोमबार वेष्ट ब्रोमिचमा सम्पन्न समाजको पाँचौं अधिवेशनले खरालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
खराल यसअघि समाजको महासचिव र सांस्कृतिक संयोजक थिए। खरालका अनुसार, नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामप्रसाद न्यौपाने र बाबुराम सापकोटा, महासचिवमा पदम शाही, सहसचिवमा बिनोद थापा, कोषाध्यक्षमा प्रमोद शर्मा (पारस सापकोटा) र सहकोषाध्यक्षमा चिन्तामणि खरेल निर्वाचित भएका छन्।
त्यस्तै, सदस्यहरूमा डिएन खराल, पृथ्वीनारायण अर्याल, निशान्तमान बज्राचार्य, लेखनाथ घिमिरे, चुनकला पाण्डे (माया), सुशिला दवाडी, शिवलाल पौडेल, काशिराम बन, प्रल्हाद कंडेल र तेजबहादुर भण्डारी छन्।
निर्वाचन समितिका प्रमुख कृष्णप्रसाद शर्माले नवनियुक्त पदाधिकारी एवम् सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए। शर्माको संयोजकत्वमा मिलन सापकोटा र विवेश न्यौपाने सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
निवर्तमान समितिका अध्यक्ष भोजराज भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा सचिव महेन्द्र काफ्ले र कोषाध्यक्ष दिनेश कंडेलले सामाजिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अधिवेशनमा निवर्तमान समितिका अध्यक्ष भोजराज भण्डारीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैप्रति धन्यवाद दिए । सो अवसरमा संस्थापक अध्यक्ष काशीनाथ शर्मा, पूर्व अध्यक्षहरु कोशलेश्वर ढकाल र लिलबहादुर थापा लगायतले शुभकामना मन्तव्य दिएका थिए।
नवनिर्वाचित अध्यक्ष खरालले मन्तब्यका क्रममा सबैलाई समेटेर संस्थालाई थप मजबुद बनाउँदै अगाडि बढाउने प्रतिवद्धता गरेका छन्।






