सिड्नी । नेपाल लगायत ससांरका विभिन्न देशहरुमा प्रदर्शन हुँदै गरेको नेपाली चलचित्र प्रेम गीत ३ अस्ट्रेलियाका हलहरुमा पनि प्रदर्शनमा आउने भएको छ ।
यसभन्दा अगाडी हल भाडामा लिएर अस्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शन हुँदै आएकोमा यस पटक भने अन्य देशका चलचित्रहरुकै कार्यतालिकामा चलचित्र प्रदर्शन हुन लागेको हो ।
उक्त चलचित्र अस्ट्रेलियाका ८ वटा राज्यमा रहेका झण्डै २ दर्जन सिनेमा हलबाट प्रदर्शनको तैयारी भईरहेको छ । सेप्टेबर २३ तारेखका दिन विश्वभरी प्रदर्शनमा आउंन लागेको चलचित्र प्रेम गीत -३ उक्त दिननै अष्ट्रेलियाको इभेन्ट सिनेमा,लाइम लाइट र भिलेज सिनेमामा हिन्दी र नेपाली गरेर दुई भाषामा प्रदर्शन गरिँदै छ ।
जसमध्ये न्यू साउथ वेल्स राज्य,भिक्टोरिया,क्वीसल्याण्ड,साउथ अस्ट्रेलिया,वेस्टर्न अस्ट्रेलिया, अस्ट्रेलियन क्यापिटल टेरीटोरी र तास्मानिया राज्यका विभिन्न सिनेमा हलमा उक्त चलचित्र एकसाथ प्रदर्शनको तैयारी भईरहेको छ ।
अहिले यहाँ रहेका हलहरुमा प्रेम गीत -३ को ट्रेलर सार्वजनिक भईरहेको छ । उक्त चलचित्र प्रदर्शनका लागि पहल गर्ने देब कार्कीले यो चलचित्रले विश्वभर त्यसमा पनि अस्ट्रेलियामा यहाँकै चलचित्र सरह मान्यता पाएर प्रदर्शन गर्न पाउनु ईतिहास भएको बताए । नेपाली चलचित्रको उत्साह र मायाले आफुहरुलाई पनि खुसी मिलेको उनको भनाई छ ।
अष्ट्रेलियामा बढ्दो नेपाली समुदायको संख्या सगैं हलिउड र बलिउड चलचित्र सरह नेपाली चलचित्र प्रदर्शन हुनु सम्पूर्ण नेपालीका लागि गौरवको कुरा भएको भन्दै उनले पाउक पर्ने सिनेमा हलमा पुगेर चलचित्र हेर्न समेत आग्रह गरेका छन् ।







