गुल्मी । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर -२ बाट प्रतिनिधी सभा उमेदवराका लागि सिफारिस गरेको छ ।
शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो । नेकपा एमालेका सचिव गोकणर्राज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ ।
उता क्षेत्र नम्बर – १ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस भएका छन् । झाँक्री गुल्मी २ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ ।
यदी त्यो भएमा गोकणर् बिष्टका लागि विगतमा जस्तो सजिलो हुने छैन । तपाई गुल्मी क्षेत्र नम्वर २ बाट गठबन्धनको साझा उमेदवार हुने चर्चा छ । गठबन्धनबाट आफु साझा उमेदवार भएमा गोकणर् र आफ्नो फरक फरक पार्टी र फरक फरक बिचारबाट प्रतिनिधीत्व गर्ने भएकाले अबश्स्य प्रतिस्पर्धा हुने उनको भनाई छ । यद्यपी उनले मित्रवत प्रतिस्पर्धा हुने बताईन् ।
केहि दिनअघि एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल सहित ७ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको बिषयलाई नेकपा एमाले एकिकृत समाजवादी र आफूहरु बीच पार्टी एकता भएको व्यानर सहित प्रचार गरेको थियो ।
एकिकृत समाजवादी एमालेमा समाहित भई सक्यो भनेर गलत हल्ला चलाएको र गलत प्रचार गरेको भन्दै उनले दुई जना मान्छे गए भन्दैमा पार्टी एकताको ब्यानर राखेर जुन हल्ला र गलत प्रचार गरिरहनु भएको छ त्यो उहाँहरुको हतास र पराजित मानसिकताको उपज रहेको स्पष्टोक्ती दिईन् ।
उनले एमालेजनले चलाएको हल्ला गलत हो भन्ने कुराको पुष्टि शनिवारको बैठकले पनि गरेको बताइन् । नेकपा एमले नेता, कार्यकर्ताहरुले जिल्लाको संस्थापक श्रीराम महत पनि एमाले मै फर्किन्छन् ? भन्ने हल्ला चलाएका छन नि रु भन्ने प्रश्नमा महतले भने-‘ त्यो त उहाँहरुले सुरु देखि नै भन्दै र भ्रम छर्दै आउनु भएकै हो ।
आफ्ना कार्यकर्ताहरुलाई भ्रमित पार्नु उहाँहरुको बध्यता पर्ने होला । तर मलाई एमालेमा फर्किन्छ भन्नु उहाँहरुको दिवा सपना मात्रै हो। शनिवार सो पार्टीको विस्तारित बैठकमा सहभागि हुन उनि सहित सो पार्टीका लुम्बिनी प्रदेश कमिटी ईन्चार्ज भागवत बिश्वास आएका थिए ।
उक्त बैठकमा विगतको भन्दा बढि नै कार्यकर्ताहरुको सहभागिता थियो । बैठकले सुरुमा नेकपा एमाले गुल्मीबाट एक्लै बिद्रोह गरेर आएका श्रीराम महतलाई नै जिल्ला पार्टी अध्यक्षमा निर्वाचित गरेको छ ।
त्यस्तै वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य प्रमेश पोखरेलाई गुल्मी जिल्लाको ईन्चार्जका लागि केन्द्रमा सिफारिस गरिएको जनाईएको छ।
सहइन्चार्ज भने गणेश बिश्वकर्मा नै रहेका छन् । पार्टी उपाध्यक्ष राम मल्ल ठकुरीका अनुसार आज नेकपा एमाले पत्यिाग गरि ३१ जना कार्यकर्ता एकीकृत समाजवादीमा प्रवशे गरेका छन् ।






