बेलायतको अल्डरसटमा आज हेमन्त कान्छाको सारगीं साँझ हुदै उपस्थित भइदिन गायकको अपिल

लन्डन ।नेपालको मौलिक बाजा सारगीं वादनमा ख्याती कमाएका पोख्त कलाकार हेमन्त कान्छा रसाईलीको आज (शनिबार) एकल साँझ हुँदैछ । गायक तथा सारंगी वादक रसाइलीको सारंगी साँझ ४ बजे अल्डरसटस्थित एम्पायर हलमा हुने भएको छ । मन ट्राभलको आयोजनामा उक्त सारगीं साँझ हुन लागेको हो ।

‘कला र संस्कृतिको जगेना गरौं’ भन्ने सन्देश सहित आज सारगीं एकल साँझ हुने भएको रसाईलीले लन्डन नेपाल न्युज सँग कुरा गर्दै भने ।

सारगींको धुनले नेपालका धेरै लाईभ कार्यक्रमहरुमा निकै नै चर्चा कमाउने गरेको छ । हराउँदै गएको सारगींको धुन सुनाउन हेमन्त यतिबेला बेलायतमा छन् ।
करिब ४ महिनाअगाडी बेलायत आएका उनले लगातार थुप्रै कार्यक्रममा आफ्नो प्रस्तुती दिएका छन् । बेलायतमा आयोजित विभिन्न नेपाली सागींतिक कार्यक्रममा व्यस्त उनै हेमन्त कान्छा रसाईललीले बेलायतमा नै एकल सारगीं साझ आयोजना गर्दैछन् ।
 उनले आफूले अहिलेसम्म गाएका गीतहरूमा दिएका धुन र उनले भरेका १२ हजार गीतमध्ये सबैभन्दा चल्तिका सारंगीको धुनसमेत सारंगी साँझमा सुनाउने छन् ।
चार दर्जनभन्दा बढी गीतहरूमा आवाज सँगै सङ्गीत रचना उनी आफ्नो कलामार्फत् विभिन्न सारंगीको धुन र गीतमार्फत बेलायतबासीलाई मनोरञ्जन दिने तयारीमा जुटिरहेका छन् । नेपालको मौलिक बाजा सारगींको प्रवद्र्धन र संरक्षणमा समेत जुटेका रसाईलीले बेलायतमा मौलिक धुन बजाएर दर्शकहरुलाई मन्धमुक्त पार्ने तैयारीमा छन् ।
भने आफुले गाएका विभिन्न चर्चित गीतहरु पनि उनले दर्शकहरुमाझ प्रस्तुत गर्नेछन् । सारगीं साँझमा गायिका विमला श्रीष र गीता पाइजा मगरको पनि प्रस्तुती रहनेछ । उनले गाएका बालापन, भाग्यमानी, किन होला खै, लाहुर, फूल रोको कसले देख्छ र, कर्मै हाराको, रेलको ढोका बनलागायत झलकमान गन्धर्वको सम्झनामा हे बरै जस्ता कालजयी गीतहरू गुन्जएमान हुने र कार्यक्रमको अन्तिम चरणमा लाइभ दोहोरी सहितको कार्यक्रममा दर्शकहरुलाई छमछमी नचाउने योजना रहेको उनले सुनाए ।
एकल साँझमा उपस्थित भइदिन गायिकले सम्पूर्णमा अपिल गरेका छन्