लन्डन। चितवन भरतपुर महानगरकी मेयर रेणु दाहाल लन्डन आइपुगेकी छन्।मेयर दाहाल करिब दश दिन लामो व्यक्तिगत पारिवारिक भेटघाटका लागि बेलायत भ्रमण रहेको बुझिएको छ ।
मंगलबार साँझ श्रीमान अर्जुन पाठक र छोरा सहित दाहाल लन्डन उत्रिएकी हुन् ।दाहालकी छोरी प्रतिभा पाठक हाल अक्सफोर्ड ब्रुक युनिभर्सिटीमा अध्ययनरत छन् ।
प्रतिभा आफ्नो परिवारलाई स्वागत गर्न लन्डन हिथ्रो विमानस्थल पुगेकी थिइन्। सोही अवसरमा एनआरएनए यूके सचिव विष्णु चालिसेले पनि मेयर दाहाललाई स्वागत गरेका थिए।
मेयर दाहाल पारिवारिक बेलायत भ्रमणमा आएकाले कुनै औपचारिक कार्यक्रम तय नभएको रहेको छ ।
भरतपुर महा-नगरपालिकालाई नमुना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने प्रतिबद्धता सहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन्।






