दार्जिलिङलाई हराउँदै रुपन्देही फाइनलमा

बुटवल, जेष्ठ २२ । रुपन्देही–११ बुटबलमा जारी १८औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतको दार्जिलिङ–११ लाई ५–२ ले पराजित गर्दै आयोजकको टोली फाइनलमा पुगेको हो । रुपन्देहीलाई हराउनेक्रममा दीपक राईले ह्याट्रिक गरे भने म्यान अफ द म्याच बिमल घर्तीमगर र पुकार गहतराजले एक–एक गोल गरे । दोस्रो सेमिफाइनलमा शनिबार झापा–११ र त्रिभुवन आर्मी क्लब भिड्ने छन् । क्वार्टरफाइनलमा झापाले नेपाल पुलिस क्लबलाई तथा आर्मीले धरान फुटबल क्लबलाई हराएको थियो ।