संखुवासभा समाज युकेको १४ औँ बार्षिकोत्सव भव्य बन्यो

लण्डन । संखुवासभा समाज युकेले आफ्नो १४ औँ बार्षिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ । अगष्ट १३ तारिख शनिवार अल्डरसटको एम्पाएर हलमा विविध कार्यक्रम सहित समाजले आफ्नो बार्षिकोत्सव मनाएको हो ।

समाजका अध्यक्ष उत्तर सुदास बर्देवाको अध्यक्षता रहेको कार्यक्रमको प्रमुख अथिति नैन सिहंगुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए भने नेपाल र बेलायतको राष्ट्रिय गान बजाए पश्चात कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति गुरुङले विदेशमा सीकेको सीप र श्रमलाई नेपालमा पनि लगेर लगानी गर्न आग्रह गरेका थिए । उनले हस्तकलाका सामाग्रीहरुको नेपालमा पनि प्रवद्र्धन गर्नुपर्ने धारणा राखे । झण्डै ४ सय जनाको सहभागीता रहेको कार्यक्रममा नेपाली मौलिक पोशाकमा सजिएका समाजका महिला दिदीबहिनीहरुले कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए ।

दुई चरणमा सम्पन्न कार्यक्रम मध्ये पहिलो चरणको कार्यक्रममा समाजका उपाध्यक्ष टेक कुलुंग राईले हेल्थ एण्ड सेफ्टीबारे जानकारी गराएका थिए भने महिला उपाध्यक्ष हेमकला गुरुङ रानाले उपस्थित महानुभावहरुलाई स्वागत गरेकी थिईन् ।

कार्यक्रममा संस्थाका अध्यक्ष बर्देवाले १४ औँ बार्षिकोत्सवको अवसरमा निमन्त्रणालाई स्वीकार गरी विभिन्न ठाउँबाट पाल्नुहुने अतिथिहरुलाई आभार व्यक्त गरे । उनले नेपाली कला संस्कृति भेषभुषाको सरंक्षणमा समाज सदैव लागिरहने समेत प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा समाजका कलाकार भाईबहिनीहरुले विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती दिँदै उपस्थित पाहुनाहरुलाई रमाईलो प्रदान गरेका थिए भने संगै बासुरी र सारंगीको मौलिक धुनहरु समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा काउन्सिलर नबिन सिवा, संखुवासभा समाज यूकेका उपाध्यक्ष प्रकाश रावत, महासचिब कमल गुरुङ ,सहसचिब रमेश राई ,सचिब सोम श्रेष्ठ ,कोषाध्यक्ष अमर राई , सहकोषाध्यक्ष लोक बहादुर घले, राधा घले, समाजका सल्लाहकारहरु अमृत घले वेल्स कार्डिफ, पदम लिम्बु ,जीवन प्रकाश राई ,भीमबहादुर गुरुङ ,टिका लोहरुंग ,शुसिला राई , नर बहादुर तामाङ ,सेमन्त दुमी राई ,भरत लोहरुंग राई ,अमृत घोंड़े ,राजेन्द्र श्रेष्ठ ,जित बहादुर थापा मगर ,भुवानी राई ,कुलदिप राई ,चित्र गोम्देन ,कुलदिप लोहरुंग ,सुन्दर लिंग्थेप ,रमेश गुरुङ ,पुण्या रेग्मी ,बद्रि खनाल ,बिनोद न्यौपाने लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै समाजका संरक्षकहरु धर्म राज गुरुङ ,गणेश राना ,बिजया लिंग्थेप ,बसुन्धरा याक्खा ,चित्र बहादुर राई र नर बलमपाकी मगर ,साथै अन्य जिल्लाबाट प्रनितिधिको रुपमा आएका धनकुटाबाट अमर राना ,खोटाङबाट डा. प्रमोद कोई ,तेह्रथुमबाट मोहन लिम्बु ,ताप्लेजुङबाट बुद्धिमान दर्नाल लगायतको उपस्थिति रहेको थियो ।

औपचारिक समारोहको सञ्चालन समाजका महासचिव कमल गुरुङले गरेका थिए भने सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रमको सञ्चालन प्रशान्त घले र दिपा गुरुङले गरेका थिए ।