लण्डन । लण्डनमा मखमली साँझ हुने भएको छ ।उक्त कार्यक्रममा सहभागी हुन कलाकारद्धय तारा श्रीस मगर र भुप्रेन्द्र थापा मगर बेलायत आईपुगेका छन् ।
बुधबार लण्डन स्थित हिथ्रो विमानस्थलमा उनीहरुलाई स्वागत गर्न प्रवासमा रहेर पनि नेपाली गीत सगींतमा निरन्तर सक्रिय मखमली ईनटरटेन्टमेन्टकी निर्देशक सरु राना गुरुङ सहित मिफुरुङ युथका निबर्तमान अध्यक्ष सन्दिप राना मगर, कोषाध्यक्ष बुद्दी सारु मगर र नेपाल मगर संघ युके शाखा वेन्ब्लीका गंज आले लगायत विमानस्थल पुगेका छन् ।
अगस्ट १९ तारिख साउथ ह्यारो स्थित ‘ ह्यारो फूटबल क्लबमा’ चर्चित नेपाली कलाकारहरुको साँझमा मखमली साँझ हुन लागेको हो ।
जानकारीका लागि यो पोस्टर हेर्नुस:

मखमली ईन्टरटेन्टमेन्टको आयोजनामा हुने कार्यक्रममा नेपाल आईडल सीज़न ३ का उपविजेता तारा श्रीष मगर, नेपाल आईडल सिजन ४ का बिजेता भुपेन्द्र थापामगर र स्थानिय कलाकारहरूको बेजोड प्रस्तुती सहित अन्य सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने मखमलीकी निर्देशक सरु राना गुरुङले लण्डन नेपाल न्यूजलाई जानकारी दिईन् ।कार्यक्रमले मनोरञ्जन मात्रै नभएर परोपकारी कार्य गर्ने उद्धेश्य समेत राखेको उनको भनाई छ ।
कार्यक्रमबाट प्राप्त आम्दानीलाई नेपालको चेपाङ बस्तीका जेहन्दार बालबालिकाहरुलाई गित संगीत सिकाउने गरी अक्षयकोष स्थापना गरेर छात्रवृत्ति प्रदान गर्ने उद्धेश्य रहेको निर्देशक गुरुङले बताईन् ।
मखमली ईन्टरटेन्टमेन्टले सांस्कृतिक सगैं सामाजिक कार्यमा समर्पित कार्यक्रममा सहभागी भई आवश्यक सहयोग गरिदिन बेलायतबासी सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेको छ ।






