काठमाडौँ । नायिका करिश्मा मानन्धरले आमरण अनसन र धर्नामा बसेकी ‘कुमारी आमा’ निहारिका राजपुत र उनको प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जालमार्फत करिश्माले तस्बिरहरु सेयर गर्दै आफूले नबुझि सहयोग गर्न अघि सरेको भन्दै माफी समेत मागेकी छिन् ।
‘अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा बाहेक रुपैयाको सहयोग गर्न म सक्दिन। निहारिका को सडकको बिजोग हेर्न नसकेर अगाडि बडे!’ करिश्माले लेखेकी छिन्, ‘निहारिका ! आमा, बुवासंग माफी माग बच्चालाई आसर पर्छ, तिम्रो जीवनमा असर पर्छ। आफूलाइ दुख नदेउ । कत्ती नावालिक जो साच्चिकै पिडित छन तिनको मुद्दामा असर पर्छ । राज्य , न्याय पालिकाले यो केस को गहिरो छानबिन गरोस् । म भ्रममा परेको हु कि? तर सधै सत्य को साथमा छु । यो सब हेरे पछि के गरु म?’
करिश्माले निहारिका अनसन बसिरहँदा उनी र उनका छोराको लालनपालनका लागि आफू तयार रहेको घोषणा गरेकी थिइन् ।
आफू पटक पटक बलात्कारमा परेको बताउँदै दोषीलाई कारबाही माग गर्दै निहारिका लामो समयदेखि आमरण अनसन र धर्नामा बसिरहेकी छिन् ।
दोषीलाई कारबाही नभएको भन्दै शुक्रबार दिउँसो उनले राष्ट्रपतिको कार्यालय शीतल निवासअगाडि आत्मदाह प्रयास गरेकी थिइन् । त्यसपछि करिश्माले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेकी हुन् ।






