सिड्नी । विभिन्न सहरहरुमा सफलतम यात्रा पछि ‘अष्ट्रेलिया टूर २०७९ यही अगष्ट ८ तारिख सिड्नीमा तीज मेला विथ कमेडी नाईट्स हुने भएको छ ।
सिड्नीमा यही अगष्ट ६ तारिख तीज मेला विथ कमेडी नाईट्स कार्यक्रमको आयोजना गरिएको केविसी अष्ट्रेलियाका निर्देशक चिरञ्जीवी देवकोटाले जानकारी दिए । कार्यक्रमलाई फन्टाष्टिक ईभेन्ट सिड्नीले आयोजना गरेको छ भने यो कार्यक्रम ग्रानभिलस्थित हिमालयन प्यालेस हलमा हुनेछ ।
सिड्नीमा हरितालिका तीजको पहिलो भव्य कार्यक्रम बन्ने आयोजकले अपेक्षा लिएको छ । केविसी अष्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न सात सहरमा कार्यक्रम गरिरहेको छ । २१ जुलाई बिहिवार देखि सुरु भएको ‘अष्ट्रेलिया टूर २०७९’ कार्यक्रम पर्थ, तास्मानिया, ब्रिसबेन, मेलबर्न लगायतका सहरहरुमा सम्पन्न भईसकेको छ ।
त्यस्तै अगष्ट ४ मा क्यानबेरा र अगष्टको ८ तारिख सोमबार एडिलेडमा तीज धमाका २०७९ हुँदैछन् । आजसम्म सम्पन्न भएका कार्यक्रमहरुमा दर्शकहरुको उपस्थिति र उत्साहले सफल भएको महसुस भएको देवकोटाले बताए । सिड्नी लगायत बाँकी रहेका सहरहरुमा पनि कार्यक्रम भव्य रुपमा सम्पन्न हुने उनको भनाई छ ।
कार्यक्रममा नेपालका चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, गायिका रचना रिमाल, कमेडियन सुवोध गौतम र दिपक आचार्य काकुले आफ्नो प्रस्तुती दिईरहेका छन् । सिड्नीमा हुने कार्यक्रमको सम्पूर्ण तैयारी पुरा भएको भन्दै आयोजकले उपस्थितिका लागि सबैसगं अनुरोध गरेको छ ।
कार्यक्रम ग्रेस ईन्टरनेशनलले मुख्य प्रायोजन गरेको छ भने प्लाटिनम स्पोन्सरको रुपमा ब्लूबेरी रियल स्टेट मेलबर्न रहेको छ । विभिन्न शहरमा आयोजना हुने कार्यक्रमका लागि स्थानीयस्तरमा विभिन्न व्यवसायिक तथा गैरनाफामूलक संघसंस्थाहरु समेत सहयोग गरिरहेका छन ।






