लण्डन । पिटरवोरो नेपाली समाज युकेको वार्षिक साधारण सभा एबम भेटघाट तथा समर बीबीक्यू कार्यक्रम सम्पन्न भएको छ । समाजले अगस्ट १ तारिख आफ्नै व्यवस्थापनमा संचालन गरेको पिटरवोरोको स्टाफफोर्ड हलमा सम्पन्न भएको हो ।

समाजका अध्यक्ष हरिहर भट्टराई र कार्यवाहक ट्रस्टी बाबुराम धितालले संयुक्त रूपमा पानस दिप-प्रज्वलित गरी सभाको उद्घाटन गरेका थिए ।

सभामा कोषाध्यक्ष दिपक वस्यालले समाजको गतवर्षको आयव्यय प्रस्तुत गरेका थिए भने महासचिव कृष्ण लुईटेलले समाजले गरेका कामको प्रतिवेदन पेश गरेका थिए । दुबै प्रतिवेदन छलफलपछि सभाबाट पारित गरिए । समाजका पूर्व अध्यक्ष एवं विधान समितिका सदस्य किरण कार्कीले विधानमा केही वुदा संसोधनका लागि प्रस्तुत गरेका थिए ।
सधारणसभाले उक्त प्रतावित वुदाहरूमा व्यापक छलफल गरी केही संसोधन सहित पारित गरेको छ । पिटरवोरो नेपाली समाजका पूर्व अध्यक्ष केशव भण्डारी, सल्लाहाकार घनश्याम पौडेल, ट्रस्टी बाबुराम घितालले शुभकामना मन्तव्य र समाजकी सचिव जुना सापकोटा साधारणसभामा स्वगत मन्तव्य दिएका थिए ।

अन्त्यमा सभाको सभापतित्व गरिरहेका समाजका अध्यक्ष हरिहर भट्टराईले समाजले अहिलेसम्म गरेका गतिविधिबारे जानकारी गराउदै साधारणसभा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए ।साथै उनले समाजको समाजिक कार्यमा निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै समाजले गरेका कार्यहरूलाई सफल बनाउन एकजुट हुन अनुरोध गरे।
समाजको साधारणसभा समाप्त भएपछि समाजका सबै सदस्यहरू पिटरवोरोको अतिरमणीय पर्यटकीय क्षेत्र नेने पार्कमा गएर विविक्यू सहितको खानपिन र नाचगानमा वेलुका छ बजेसम्म रमाएका थिए ।






