शिब भण्डारी
लण्डन । बेलायतमा पाँचौ लोक दोहोरी स्वर्णिम साँझ संस्करण भव्य रुपमा सम्पन्न भएको छ । नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले आयोजना गरेको स्वर्णिम साँझ उल्लासमय एवम् सांस्कृतिक माहोलकाबीच भव्य रुपमा सम्पन्न भएको हो । 
जुलाई ३१ तारिक आइतबार दिउसो अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा झण्डै एक दर्जन कलाकारले आफ्नो सांगीतिक प्रस्तुती दिँदै दर्शकहरुलाई नचाएका थिए ।
प्रतिष्ठानका अध्यक्ष टंक शेरचनको अध्यक्षता रहेको कार्यक्रममा कन्जरभेटिभ पार्टीका तर्फबाट रसमोर बरो अन्तर्गत अल्डरसट टाउन, वेलिङटन वार्ड काउन्सिलर प्रवेश केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गदैै प्रमुख अतिथि केसीले प्रष्ठिानले लामो समयदेखि नेपाली लोक गीत, लोक संस्कृति तथा कलाको संरक्षण र सवंद्र्धन गर्न प्रवासमा रहेर भएपनि उल्लेखनीय कार्य गरेको भन्दै प्रशंसा गरेका थिए । उनले नेपाली लोक संस्कृति तथा बेलायतको राजनीतिका बारेमा मन्तव्य व्यक्त गरेका थिए । 
प्रमुख अतिथि रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी, विशेष अतिथि गण्डकी प्रदेश समिति सचिव राजन कार्की र प्रतिष्ठान यूके शाखाका अध्यक्ष टंक शेरचनले संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी स्वर्णिम साँझको उद्घाटन गरेका थिए ।
त्यस्तै अध्यक्ष शेरचनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूणर् पदाधिकारी, तथा प्रायोजक एवम् अतिथि र सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै प्रतिष्ठानले गरिरहेका कार्यहरुका बारेमा प्रष्टाएका थिए ।वरिष्ठ उपाध्यक्ष लक्ष्मण रानाले उपस्थित महानुभाव एवम् अतिथिहरुलाई स्वागत मन्तव्यद्धारा स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल देखि आएका चर्चित लोक तथा दोहोरी कलाकारहरु शान्ता रानी परियार, राजन कार्की, अस्मिता डल्लाकोटी, बिशाल रायमाझी ,बिलन थापा मगर, मधुसुधन थापा, कल्पना श्रीपाल, रिना थापा मगर र विपना गुरुङ
बिच लाईभ दोहोरी भएको थियो ।चर्चित गायक राजन कार्कीले आमा सम्झेर दिएको सांगीतिक प्रस्तुतिले उपस्थित सबैलाई भाबुक बनाएको थियो ।
लाइभ म्युजिक मिरमिरे आँखा, बेली र चमेली भाकामा प्रस्तुत गर्ने म्युजिसियनहरु मादलमा मिन गुरुङ, सारङ्गीमा गिरीबहादुर बाहिक, मुरलीमा हिराजंग गुरुङ, ढोलकमा रेशम पचे, अटोप्याडमा विलन थापा, हार्मोनियममा कुमार गुरुङ थिए ।
त्यस्तै लाईभ दोहोरी पश्चात सम्पूण कलाकारहरूको एकल प्रस्तुतिले सागींतिक माहोल गर्मी बनेको थियो । उनीहरुले उपस्थित दर्शकहरुलाई नेपालकै झल्को दिने गरी छमछमी नचाएका थिए । साथै मोडल रीना थापाको बेजोड नृत्यका साथै निर आले मगरले प्रस्तुति दिँका थिए ।
कलाकारहरुले संयुक्त रुपमा प्रस्तुत गरेको राष्ट्रिय भावनाले ओतप्रोत गीतबाट शुरु भएको कार्यक्रमको अन्त्यमा भने कलाकारले लाइभ दोहोरी पनि प्रस्तुत गरे।
कार्यक्रममा स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहेको थियो । भने विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधि नेपाली लोकसगींतलाई माया गर्ने बेलायतबासी नेपालीहरुको उल्लासमय सहभागीता रहेको थियो ।
दुई चरणमा सञ्चालन भएको कार्यक्रमको औपचारिक सत्र प्रतिष्ठानका महासचिव रत्न शाहीले सञ्चालन गरेका थिए ।भने सांगीतिक कार्यक्रमको संचालन कलाकारद्वय उपाध्यक्ष मनसुधन थापामगर र महिला सचिव कल्पना श्रीपालले सम्पूर्ण अतिथि कलाकार, स्थानीय कलाकारहरुको परिचय गराउँदै गीतसंगीत, नृत्य कार्यक्रम सुरु गरेका थिए । 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले बेलायत र नेपाल कलाकारलाई एकै ठाउँमा जुटाएर सांगीतिक कार्यक्रम गरेर प्रसंसनिय कार्य गर्दै आएको छ ।






