नेपाली सासाइटी अफ तास्मनियाको साधारण सभाबाट अध्यक्षमा भट्टराई निर्वाचित

सिडनी । नेपाली सोसाइटी अफ तास्मनिया अष्ट्रेलियाको वार्षिक साधारण सभा सम्मन्न भएको छ । तास्मनीयाको मल्टिकल्चरल हवमा शनिबार सम्पन्न साधारणले तोयाराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

निर्वाचित नयाँ समितिको उपाध्यक्षमा खडक खनाल, कोषाध्यक्षमा सरोज पाण्डे, सचिवमा विष्नु भट्टराई रहेका छन् । त्यस्तै सदस्यहरुमा मिलन पौडेल, इश्वरी पौडेल र आषिष तिवारी निर्वाचित भएका छन् । विधानमा व्यवस्था भएबमोजिमका बाँकी दुई सदस्य भने कार्यसमितिको पहिलो बैठकले चयन गर्ने बताईएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष खगेन्द्र सत्यालले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले आफ्नो कार्यकाललाई सफल बनाउन विभिन्न तहबाट सहयोग गर्ने संघ, संस्था, सञ्चारमाध्याम र तास्मनीयामा रहेका नेपालीलाई धन्यवाद दिएका थिए ।

यस्तै उक्त साधारण सभामा बोल्दै संस्थाका नवनिर्वाचित अध्यक्ष भट्टराईले विषेश गरी विद्यार्थीले भोगेको समस्याको पहिचान गरी उक्त समस्याको समधानको लागि तास्मनीयामा क्रियाशिल अन्य संघ संस्थासँग सहकार्य गरेर अगाढी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ कार्यसमिति गठनका लागि गोपाल न्यौपानेले निर्वाचन आयुक्तको भुमिका निर्वाह गरेका थिए ।