गल्कोट समाज युकेको बार्षिक भेला जुलाई २५ मा : चर्चित कलाकारले प्रस्तुती दिने

लन्डन । बागलुङको गल्कोट घर भई हाल युकेमा रहेका गल्कोटेहरुको साझा संस्था गल्कोट समाज युकेको छैठौँ बार्षिक भेला यही जुलाई २५ तारिख सोमबार हुने भएको छ ।

मिडल्यान्डको बर्मिङहम स्थित वेष्ट ब्रमिचस्थित ‘कन्फरेन्स सुइट’ मा हुने भेलामा झन्डै आधा दर्जन नेपाली राष्ट्रिय कलाकारको प्रस्तुती सहित अन्य विविध सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ ।

भेलाकै अवसर पारेर गल्कोटे पञ्चेबाजा,सोरठी,तीज गीत,भजन लगायतका अन्य सांस्कृतिक कार्यक्रम समेत मुख्य आकर्षणका रुपमा रहेका समाजका महासचिव विष्णु चालिसेले जानकारी दिए ।

कार्यक्रममा लोकदोहोरी कलाकारहरु अनुपा थापामगर, रेशम निर्दोष, अस्मिता डल्लाकोटी, शान्ति रानी परियार, विशाल रायमाझीलगायतले विभिन्न गीतसंगीत र लाइभ दोहोरी प्रस्तुत गर्नेछन् । साथमा डिजे हेम विष्ट समेत रहनेछन् ।

त्यस अवसरमा बेलायतमा विभिन्न डिग्री हासिल गर्ने नयाँ पुस्ताका गल्कोटेहरुलाई सम्मान कार्यक्रम पनि छ । कार्यक्रम हेर्नका लागि आयोजकले वयस्कलाई १५ र बालबालिकालाई ८ पाउन्डको टिकट दर कायम गरेको छ ।

समाजका अध्यक्ष भोजराज कंडेलले बेलायतवासी सम्पूणर् गल्कोटे एवम् अन्य नेपाली दाजुभाई दिदी बहिनीहरुलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् ।