लन्डन। बेलायतवासी गुल्मेलीहरुले गुल्मीमा सञ्चालित लुम्बिनी प्रदेशकै पहिलो अटिजम स्कुलको सहयोगका लागि अग्रसरता लिएका छन्।
भौतिक तथा गुणस्तर विकासमार्फत् रुरुस्थित अटिजम पाठशाला नेपाललाई स्थापित गराउने लक्ष्यमा सहयोगको पहल थालिएको हो।
गत वर्षदेखि औपचारिक रुपमै पठनपाठन आरम्भ गरिएको स्कुललाई गुल्मी जिल्ला समाज यूकेले यसअघि तीन लाख रुपैया सहयोग गरिसकेको छ।गत वर्ष डिसेम्बरमा लन्डनमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट संकलित रकम स्कुललाई प्रदान गरिएको हो।
समाजका अध्यक्ष बीर बलाल, उपाध्यक्ष तारा भट्टराई र प्रवक्ता राधा खरेल केही महिनाअघि स्कुलमै पुगेर सहयोग हस्तान्तरण गरेका थिए । उक्त रकमबाट पाठशाला भवनको गेट तथा कम्पाउण्ड निर्माणको कार्य सम्पन्न भएको छ ।
हालै फेरि बेलायतका गुल्मेलीहरु मिलेर पाठशालाका लागि थप ६० हजार रुपैयां सहयोग प्रदान गरेका छन् । बेलायतबाट सहयोगको अगुवाइ गर्दै आएका गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोतिराज भन्डारीका अनुसार बेलायतवासी १२ जनाले पाठशालाको आजीवन सदस्यतास्वरुप उक्त रकम सहयोग गरेका हुन्।
गोकर्ण बस्नेत, टोप पल्ली मगर, तारानाथ भण्डारी, रामप्रसाद खरेल, वसन्त खनाल, महलाल घिमिरे, केशव भण्डारी, तारा भट्टराई, माधव भण्डारी, दासुराम पाण्डे, मणि भन्डारी र सरिता पौड्यालले आजीवन सदस्यता लिएका हुन् ।
नेपालकै दोस्रो तथा लुम्बिनी प्रदेशको पहिलो अटिजम पाठशाला अझै पनि भौतिक तथा आर्थिक कठिनाइमा रहेकाले सहयोगको प्रयास गरिएको उक्त स्कुल सञ्चालक संस्थाका सदस्य समेत रहेका गुल्मी जिल्ला समाज यूकेका सल्लाहकार मोतिराज भन्डारीले बताए।
पाठशालालाई स्थापित र दिगो बनाउन बेलायतबाट निरन्तर सहयोग गरिने जनाउँदै उनले बेलायतवासी गुल्मेली र सबै नेपालीहरुलाई पनि सहयोगको लागि आव्हान गरेका छन् ।
अटिजम भएका थुप्रै बालबालिकाको स्याहारसुसार, शिक्षा र सीप विकास गराउनु अहिलेको आबस्यकता रहेको गुल्मी जिल्ला समाज युकेका सस्थापक उपाध्यक्ष मोति भण्डारीले लन्डन नेपाल न्युज लाइ बताए
पाठशाला सञ्चालक समितिले बेलायतबाट सहयोगका लागि पहल गर्ने सल्लाहकारद्धय मोतिराज भण्डारी र राजु मल्लसहित गुल्मी जिल्ला समाज यूकेप्रति आभार प्रकट आभार प्रकट गरेको छ ।
अटिजम के हो ? बालबालिकामा कस्तो असर पर्छ ?
यदि तपाइँको बच्चाको उमेरअनुसार व्यवहार, सन्चार र बोलीको विकास भइरहेको छैन भने ख्याल गर्नुहोस है ! तपाइँको बच्चालाई अटिजम पनि भएको हुन सक्छ ।
बच्चा गर्भमै रहेको समयमा ‘जिन’मा केही समस्या हुँदा बच्चालाई अटिजम हुने सम्भावना रहन्छ । यो समस्या एकदेखि डेढ वर्षको उमेरभित्रै थाहा पाउन सकिन्छ ।
अटिजमले बच्चाको शारीरिक वृद्धिमा खासै फरक नपारे पनि बच्चाको मानसिक विकासमा भने असर पुर्याउँछ ।
दोहोरो कुरा गर्न नसक्ने, उमेरअनुसार बोल्न, खेल्न नसक्नेजस्ता समस्या देखिने र अटिजम कहिले निको भने हुँदैन । तर, अटिजम भएका बालबालिकाले राम्रो साथ–सहयोग पाए भने उनीहरुको व्यवहारमा परिवर्तन भने ल्याउन सकिन्छ ।
व्यवहारको र खेलको माध्यमबाट बालबालिकाई धेरै कुरा सिकाउन सकिने र नेपालमा झन्डै तीन लाख बालबालिकामा अटिजम भएको अनुमान गरिएको छ ।
अटिजम भएका बालबालिकालाई छुटै साथ र सहयोगको आवश्यकता पर्छ र उनीहरुलाई शिक्षा–दीक्षा दिने तरिकासमेत पनि फरक हुन्छ। जसका लागि सरकारको ठूलो साथ र सहयोगको आवश्यकता पर्ने रअटिजम कुनै चिकित्सकीय रोग भने होइन । तर, के भएर यो समस्या देखिन्छ भन्ने यकिन कारण पनि पत्ता लाग्न नसकेको चिकित्सकहरु बताउँछन् ।
तनावका कारण, खाद्यवस्तुमा विषादी, प्रदूषण, मोबाइलहरुको रेडियसन पनि यसको कारण हुन सक्छ। त्यसो हुनाले गर्भवती भएको समयमा यस्ता चिजहरुमा अलिकति सचेत हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।






