पेट्रोल, डिजेल र मटितेलको मूल्य घट्यो

काठमाण्डौ । पेट्रोल, डिजेल र मटितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुने गरिपेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर १०/१० रूपैयाँले घटाएको हो ।

हिजो बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य समायोजन गर्ने निणर्य गरेको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर घटाएपछि निगमले मूल्य समायोजन गरेको हो ।

मूल्य घटेसँगै अब पेट्रोल प्रतिलिटर १७० रूपैयाँ तथा डिजेल र मटितेल १५३ रूपैयाँमा पाइनेछ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेपनि खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।