अष्ट्रेलियाको सिड्नीमा “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको विमोचन तथा विश्लेषणात्मक छलफल सम्पन्न

सिड्नी । “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको विमोचन एवम् विश्लेषणात्मक छलफल सम्पन्न भएको छ । रुपन्देही सामाजिक सञ्जाल कला संस्कृति तथा साहित्यिक समन्यव समिति अष्ट्रेलियाको आयोजनमा आत्मवृतान्त पुस्तकको विमोचन एवं विष्लेषणात्मक छलफल एक कार्यकम सहित सिड्नीको आर्न्क्लिफ कम्युनिटी सेन्टर  मा सम्पन्न गरिएको हो ।

सामाजिक सेवा परिषद सल्लाहकार,सामाजिक अभियान्ता एवम् अधिकारकर्मी शात्तलाल मुल्मीद्धारा लिखित “म भित्रको म” नामक आत्मवृतान्त पुस्तकको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि नन्दु गुरुङ,एनआरएनए आइसिसिका संरक्षक एवं सामाजिक अभियान्ता इन्द्रा वन,वरिष्ठ समाजसेवी नारायण प्रधान लेखक एवं कार्यक्रमका विशिष्ट अतिथि शान्तालाल मुल्मिले संयुक्त रुपमा विमोचन गरेको रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलले जानकारी दिए ।

प्रमुख अतिथि गुरुङले रुपन्देही सामाजिक संजालले स्थापना काल देखि नै समुदायमा महत्वपूणर् काम गर्दै आएको र कला संस्कृती तथा साहित्यलाई जगेर्ना गर्न महत्वपूणर् भुमिका निर्वाह गरेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले पुस्तकको समेत प्रशसां गरे ।

रुपन्देही सामाजिक सञ्जाल रुपन्देही अष्ट्रेलियाका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षता ,महासचिव रन्जिता भण्डारीको संचालन र आरएसएनका कला संस्कृति एवं साहित्यिक संयोजक सुचना पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा पुस्तक लेखक मुल्मीले पुस्तकबारे जानकारी गराउँदै प्रस्तुती गरेका थिए ।

कार्यक्रममा टिप्पणीकार त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा उप-प्राध्यापक नाटक लेखन तथा साहित्यिक समालोचक द युनिभर्सिटी अफ सिड्नीमा पिएचडी अध्यता तथा प्राध्यापक जिवनाथ लम्साल,साहित्यकार एवं सर्जक सुरेन्द्र दवाडी लगायतले टिप्पणी गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष देव गुरुङ, नेपाली कला संस्कृती तथा साहित्यिक प्रतिष्ठानका पूर्व अध्यक्ष एवम्ं एनआरएनए ओसियानका पूर्व महिला कोअर्डिनेटर जानकी पौड्याल, अनेसास अष्ट्रेलियाका अध्यक्ष ममता तिवारी तथां एनआरएनए आइसिसिका संरक्षक इन्द्रा वन लगायतले पुस्तकको बारेमा आफ्नो मन्तव्य राख्दै शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा साहित्यकार,गजलकार सर्जक एवं कलाकार र समुदायका विभिन्न सामाजिक अगुवा एवं पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा गैर सरकारी संस्था महांसघ नेपालका पूर्व केन्द्रिय सदस्य एवं मानव अधिकारकर्मी केशव प्रसाद रेग्मी, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष निराजन प्रसाई,आरएसएनका सल्लाहाकार द्धय डा. प्रकाश पौडेल,चुन्ना क्षेत्रि, महिला अधिकारकर्मी शान्ति मानन्धर,एभरेष्ट टि.भि. इडिटर प्रमुख एवं सिईओ विजन्नेस विज्का निर्देशक तिर्थ खतिवडा,समाजसेवी युवराज भहराई ईन्जिनियर सुरेन्द्र धिताल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा  आएसएनएका कला संस्कृती एवं साहित्यिक समन्वय समिति उपसंयोजक प्रदिप खनाल र कलाकार बिन्दु पौडेलले सहभागीहरुलाई विभिन्न प्रस्तुती सहित मनोरञ्जन प्रदान गरेका थिए । कार्यक्रम सम्पन्न गर्न स्तुति मुल्मी, सचिन चकुन ,एभरेष्ट तन्दुरीका व्यवस्थापक लक्ष्मी सापकोटा, रवि कडेल,युवराज भट्टराई , दिल खड्का, विशाल भण्डारी ,ज्योति खड्का लगायतका व्यक्तित्वहरुले सहयोग गरेका थिए ।

पुस्तक उनले हालसम्म आफ्नो जीवनको ७८ वर्षको अनुभव यात्रामा अनुभुत गरेका दुख, सिकाई तथा योगदानको दस्ताबेजको रुपमा पाठक समक्ष प्रस्तुत गरिएको बताईएको छ ।