काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको बजेट आउँदो जेठ १५ को बजेट नै अन्तिम बजेट हुने दावी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले ल्याउने बजेट भनेको आगामी जेठ १५ पछि कहिल्यै बजेट नल्याउने ठोकुवा गरे ।
ओलीले प्रधानमन्त्री पत्नी आरजु देउवाले युवाहरुलाई मलेसिया पठाइदिन्छु भनेर भन्दै हिँडेको भन्दै एमालेले ५, ६ जना होइन करोड युवाहरुलाई यही रोजगारीको अवसर दिएर विदेश नजाने बनाउने दावी गरे । उनले हाम्रो उम्मेदवारलाई बजेट पठाउँदिन भनेर राणाले गरेको टिप्पणीको पनि कटाक्ष गरे ।
‘अनि हाम्रो उम्मेदवारलाई जिताएनौ भने बजेट पठाउँदिन । तिम्रो घरको बजेट हो त्यो रु मानिलिऊँ उनको खल्तीको, कमाइको जस्तो’, उनले भने, ‘यो गठबन्धनले बेस्सरी बजेट पेश गरेछन् भने आउँदो जेठ १५ को बजेट यिनीहरूको अन्तिम बजेट हुनेछ । उनले त्यसपछि गठबन्धनले कहिल्यै बजेट पेश गर्न नपाउने दावी समेत गरे । उनले आउँदो निर्वाचनपछि एमालेको सरकार बन्ने र त्यसपछि सोझै हटलाईनमा फोन गरेर बजेट पार्न सकिने बताए ।






