बागलुङ अष्ट्रेलियन कम्युनिटीको स्वं टिका कार्की स्मृति भलिबल कप उपाधि छन्त्याल परिवारलाई

सिड्नी । बागलुङ अष्ट्रेलियन कम्युनिटीको आयोजनमा सम्पन्न स्व.पत्रकार टिका कार्की स्मृति कप भलिबल प्रतियोगीताको उपाधी छन्त्याल परिवार अस्ट्रेलियाले जितेको छ । कम्युनिटीका पूर्व अध्यक्ष समेत रहेका स्व.कार्कीको सम्झनामा आयोजित प्रतियोगीतामा गोर्खा भलिबल टिमलाई पराजित गर्दै छन्त्याल परिवारले उपाधि चुमेको हो ।

प्रथम उपाधि हात पारेको छन्त्याल परिवार अस्ट्रेलियाले दुइ हजार डलर नगद र ट्रफी तथा सम्मान पत्र सहित पुरस्कृत भएको छ । प्रतियोगीतमा सीड्नीका करिब एक दर्जन भलिबल समुहको सहभागीता रहेको थियो । प्रतियोगीतामा उपविजेता बन्दै गोर्खा टिमले १२ सय डलर सहित उपविजेताको ट्रफी हात पारेको छ ।

लिडकमस्थीत बास्केटबल कर्भडहलमा सन्चालित फाइनल खेल निकै प्रतिष्प्रधात्मक र रोचक रुपमा अगाडी बढेको थियो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि तिलक छन्त्यालले हात पारेका थिए भने वेष्ट डिफेन्डर गणेश छन्त्याल, वेष्ट सेटरमा गोर्खाका प्रकाश मगर र वेष्ट स्पाइकरमा विजय लामा घोषित भएका छन् ।

विजेता समुह र उत्कृष्ट खेलाडीलाई एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देब गुरुङ, बाग्लुङ समाजका कार्यकारी अध्यक्ष विकास सापकोटा, समाजका अभियान्ताहरु गोपाल श्रेष्ठ,कृष्ण सुनार , थम्मन कुवंर , दिपक अधिकारी, सुदिन केसी, सुमन बिष्ट तथा प्रयोजकका तर्फवाट मेट्रो होम्सका अनुराग हुमागाँइ र आरके बिष्टले पदक ट्रफी तथा प्रमाणपत्र सहित सम्मान एवम् पुरस्कृत गरेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ राज्य परिषद सम्योजक  देब गुरुङ ,रुपन्देही समाजका संस्थापक अध्यक्ष राज खनाल लगायतले स्वर्गिय टिका कार्कीको योगदानको प्रशंसा गर्दै उनको निधनले अस्ट्रेलियाको नेपाली समाजमा ठुलो क्षति पुगेको बताएका थिए ।

बागलुङ अष्ट्रेलियन कम्युनिटीका कार्यवाहक अध्यक्ष बिकास सापकोटाले स्वं समाजसेवी एवम् पत्रकार कार्कीको योगदानको उच्च प्रशसां गर्दै उहाँले खेल क्षेत्र र अन्य सामाजिक क्षेत्रमा पुर्याएको योगदानको मूल्यांकन स्वरुप कार्यक्रम आयोजना गरिएको बताए । उनले यसवर्षदेखि अब प्रत्येक वर्ष विभिन्न प्रायोजकहरुको सहयोगमा निरन्तर हरेक वर्ष कार्यक्रम आयोजना गरिने पनि जानकारी दिए ।

पत्रकार कार्कीको १ वर्ष अगाडी दुःखद निधन भएको थियो । अस्ट्रेलियामा रहेका नेपालीहरुलाई हिमालयन रेडियो मार्फत नेपाली आवाज सुनाउने कार्की निकै लोकप्रिय र प्रभावशाली थिए । उनले विभिन्न सघंसंस्थामा आबद्ध रहेर सामाजिक क्षेत्रमा पनि काम गरेका थिए ।