अस्ट्रेलियामा रहेका काँग्रेसीहरु एकजुट : पार्टीका उम्मेदवारलाई जिताउन चुनावी अभियान थाल्ने

सिड्नी । नेपाली काँग्रेसको भातृसंस्था जनसम्पर्क समिति अष्ट्रेलियाले आगामी वैशाख ३० गते नेपालमा हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई विजयी बनाउने प्रतिबद्धता सहित चुनावी प्रचार अभियानमा लाग्ने निणर्य गरेको छ ।

जनसम्पर्क समिति अष्ट्रेलिया ब्रिशवेन राज्य समितिले आशन्न स्थानीय तह निर्वाचन केन्द्रीत भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । सामाजिक संजाल एवं संचारको प्रयोग गर्दै प्रवासबाट आफ्नो गाँउघरमा सम्पर्क गरी कांग्रेसमा मतदान गर्न सबै राज्य समितिमार्फत कार्यक्रम सुरु गरिएको बताईएको छ ।

कार्यक्रममा क्वीन्सलेण्डबाट केन्द्र र राज्य समितिमा निर्वाचित सदस्यहरुलाई प्रमुख अतिथि जनसम्पर्क समिति अष्ट्रेलियाका प्रमुख संरक्षक एवं निवर्तमान अध्यक्ष कृष्ण गिरी, विशिष्ट अतिथि वर्तमान अध्यक्ष सुरेश गुरुङले प्रमाण पत्र र खांदा लगाएर सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै गुरुङले सगंठनलाई मजबुद बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने धारणा व्यक्त गरे ।

क्वीन्सलेण्ड राज्य समितिका संयोजक समिर खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यद्धय मन्दिप केसी (मेन्डी) र तारा डाँगीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । खतिवडाले आफनो पहिलो कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि गिरीले ब्रिशवेनको जनसम्पर्क समितिले गरेको कामको प्रशंसा गर्दै नेपालमा हुन गईरहेको तिनै तहको निर्वाचनमा नेपाली कांग्रेसका उमेद्वारहरुलाई जिताउने अभियानमा जुटन आग्रह गरे ।

कार्यक्रममा समितिका केन्द्रिय महामन्त्री रोहित खडकाले विचारको द्धन्दलाई सम्मान गर्दै सबैले आफनो जिम्मेवारी निभाउनु पर्ने बताए ।समितिका साउथ अष्ट्रेलिया संयोजक दीलिप पोखरेलले पार्टिको नीति नियम र निर्देशनलाई पालना गर्दै सबै भ्रमलाई चिर्दै अबको दिनमा समितिले कार्य गर्ने प्रतिबद्धता जनाए । उनले एडिलेडमा हुने संगठनको कार्यक्रममा सबैलाई सहभागिता हुन अनुरोध समेत गरेका थिए ।

नवनिर्बाचित ब्रिशवेन राज्य समिति सचिव सुनिल बस्नेतले संचालन गरेको कार्यक्रममा राज्य समितिका सल्लाहकार इन्द्र न्यौपाने, पुर्व का.कोषाध्यक्ष उद्धब भट्ट लगायत पार्टिमा लामो समय देखि कार्य गर्दै आएका यूवाहरुको उपस्थिति रहेको थियो ।