बाग्लुङ : बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् ।
निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला गाउँपालिका–२ थारुखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी ढोरपाटन नगरपालिका–१ का ऋतुवर्ण पौडेलको घटनास्थलमानै मृत्यु भएको हो । उनी नेकपा एमाले ढोरपाटन नगरकमिटिका अध्यक्ष हुन् ।
दुर्घटनामा परी रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिकाका ३८ बर्षिया ३८ बर्षिय सुरेश थापा गम्भिर घाईते भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
पिकअप भ्यान सडकदेखि १५० मिटर तल खोलामा खसेको छ । घाईतेको उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याईंदै गरेको हवारीले बताए ।






