विश्व फुटवलको सर्वोच्च निकाय फिफाका ७ उच्च पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा स्विट्जरल्याण्ड प्रहरीले पक्राउ गरेपछि फिफाका मुख्य प्रायोजकहरुले गम्भीर चासो ब्यक्त गरेका छन । बुधबार , ज्युरिचबाट फिफाका उच्च ७ पदाधिकारी सहित १४ जनालाई स्विस प्रहरीले आर्थिक अनियमितता, घुसखोरी र ठगीको आरोपमा पक्राउ गरेको थियो । फिफाको प्रमुख प्रायोजक मध्येको एक कोकाकोलाले फिफाको लामो समय देखिको विबादले विश्वकपलाई कलंकित पारेको प्रतिकृया दिएको छ । अन्य मुख्य प्र्रयोजक एडिडास, भिसा, सोनी हुण्डाइ, किया लगायतलाई फिफालाई लागेको भ्रष्टाचार आरोपका कारण फिफा माथि दबाब बढाउन सयौ आग्रहहरु आएको बताइएको छ । यसैबीच युरोपियन फुटवल महासंघ युइएफले भोलि हुने फिफाको अध्यक्ष पदको निर्वाचन सार्न माग गरेको छ । युइएफले आज बैठक बसी निर्वाचन सार्नका लागि औपचारिक निर्णय गर्ने बताइएको छ । युइएफले यो घटनाको फिफाका लागि दुर्भाग्य भएको बताएको छ । यता फिफाका बर्तमान अध्यक्ष सेप ब्लाटरले भने कुनै पनि हालतमा निर्वाचन नसर्ने प्रस्ट पारेका छन । ब्लाटर पांचौ कार्यकालका लागि पनि अध्यक्ष पदमा बिजयी हुने दाउमा रहेका छन भने उनलाई जोर्डनका प्रिन्स अली बिन हुसेनले चुनौती दिएका छन ।
फिफाका ७ उच्च पदाधिकारीलाई भ्रष्टाचारको आरोपमा स्विट्जरल्याण्ड प्रहरीले पक्राउ






