लण्डन आईपुगे गायिका एलिना चौहान,मोडल अन्जली अधिकारी,लोकप्रिय कमेडियन सुमन कार्की,बिमान स्थलमै भयो भब्य स्वागत,भिडियो सहित

शिब भण्डारी 
प्रकाश कंडेल 
लण्डन । चर्चित गायिका एलिना चौहान, मोडल अञ्जली अधिकारी र हास्य कलाकार सुमन कार्की बेलायत आईपुगेका छन् । नेपलिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके)ले अप्रिल २ तारिख आयोजना गरेको च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुन उनीहरु लण्डन आईपुगेका हुन् ।
लण्डन हिथ्रो टर्मिनल ४ मा अवतरण गरेका उनीहरुलाई विमानस्थलमा एनबिसी युकेले भव्य स्वागत गरेको छ । कलाकारहरुको स्वागतका लागि एनबीसी युकेका अध्यक्ष राजेन्द्र ओझा, संस्थापक अध्यक्ष कमल पौडेल पूर्व अध्यक्ष कमल खनाल, एनआरएनए आईसीसी उपमहासचिव रामशरण सिंखडा, संस्थाका कोषाध्यक्ष खेम जोशी सचिव रविन्द्र अधिकारी, किरण अधिकारी, सुमन प्रधान लगायत विमानस्थल पुगेका थिए ।
बेलायतमा रहुञ्जेलसम्म उनीहरु विभिन्न ठाउँमा आयोजित कार्यक्रहरुमा सहभागी हुनेछन् । पहिलो कार्यक्रमको रुपमा एनबिसीले ब्लु रुम स्पोर्टस् भेन्यू हयारोमा च्यारिटी तथा सांस्कृतिक कार्यक्रममा उनीहरु सहभागी हुनेछन् । उनीहरुको बेजोड प्रस्तुती सगैं भव्य कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले लण्डन नेपाल न्यूजलाई जानकारी दिए । उनले कार्यक्रममा उपस्थित भएर भरपुर मनोरञ्जन लिन अनुरोध गरेका छन् । मनोरञ्जन मात्रै नभएर नेपालस्थित पवित्र समाज सेवाको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम भएकाले सबैको साथ सहयोगको आवश्यकता रहेको उनको भनाई छ ।
धोकेबाज हौ तिमी गीतका कारण पछिल्लो समय सामाजिक सञ्जालसगैं विभिन्न ठाउँहरुमा चर्चित गायिका एलिना चौहानले लण्डनमा पनि आफ्नो प्रस्तुती दिएर दर्शकहरुलाई तताउनेछिन् । त्यस्तै पछिल्लो समय व्यस्त मोडलको रुपमा सयौंँ म्यूजिक भिडियोमा अभिनय गरेकी मोडल अञ्जली अधिकारीले पनि आफ्नो नृत्य प्रस्तुत गरि दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नेछिन् । त्यस्तै हास्य कलाकार सुमन कार्कीले दर्शकहरुलाई पेट मिचिमिचि हसाउनेछन् ।

भिडियो हेर्नुस