ए स्टार फाईनान्सियल सोलुसनको साउथ इष्ट लण्डनमा शाखा विस्तार

लन्डन । ए स्टार फाईनान्सियल सोलुसन युकेले साउथ इष्ट लण्डनमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

नेपाली व्यवसायीहरुद्धारा सञ्चालित सोलुसनले आफ्नो पाँचौ शाखाको रुपमा मार्च सुरुवात देखि नै वुल्लिचमा शाखा विस्तार सगैं सेवा आरम्भ गरेको हो ।

दशवर्ष अगाडी सुरु भएको यस व्यवसायले बेलायतका विभिन्न स्थानमा फाइनान्सियल (वित्तीय) सेवा प्रदान गर्दै आईरहेको छ । वुल्लिच ट्रेन स्टेसनको आडैमा रहेको इक्वीटेबल हाउस (वुल्वीच लेट नाइट फार्मेसी भवन) को दोस्रो तलाबाट सेवा उपलब्ध रहेको सोलुसनले जनाएको छ ।

बेलायतमा रहेका नेपालीहरुकाबीच उत्कृष्ट सेवाका कारण चर्चामा रहेको ए स्टारका प्रिन्सिपल मीन दर्लामीले ग्राहकहरुकै माया,सदभावसगैं सुविधाका लागि नयाँ शाखा साउथ ईष्टमा विस्तार गरिएको बताए । ए स्टारको वुल्लिच शाखाको कमाण्ड मोर्गेज एन्ड प्रोटेक्सन एडभाइजर दिपी गुरुङलाई जिम्मेवारी दिईएको छ ।

बेलायतकै पहिलो नेपाली इन्डिपेन्डेन्ट चार्टर्ड फाइनान्सियल एड्भाइजर मीन दर्लामी प्रिन्सिपल रहेको यस सोलुसनलका लन्डन, केन्ट, फार्नबरो, रेडिङ र वुल्लिचसहित पाँच स्थानमा शाखा रहेका छन् । सन् २०११ मा सेल्फ इम्प्लोइडका रुपमा दर्लामीले शुरु गरेको फाइनान्सियल सेवा सन् २०१२ देखि ए स्टारका रुपमा सञ्चालन भएको हो ।

ए स्टारले पेन्सन, लगानी, मोर्गेज (रेसिडेन्सियल र कमर्सियल दुवै), इन्सुरेन्स, बिजनेश प्रोटेक्सन, वील एण्ड स्टेट प्लानिङ, इन्कम प्रोटेक्सन एण्ड फेमिली इन्कम बेनिफिट्स आदि क्षेत्रमा ‘होलिस्टिक फाइनान्सियल सर्भिस’ दिंदै आएको छ ।