वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपिओमा कोटा छुट्याईने

काठमाडौं । रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीका लागि आईपीओमा कोटा छुट्याउने तैयारी थालिएको छ ।

अर्थ मन्त्रालयमा सोमबार केही उच्च पदस्थ कर्मचारीहरुबीच वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा ५ प्रतिशत कोटा छुट्याउने विषयमा संक्षिप्त छलफल भएको मन्त्रालय स्रोत बताउँछन् ।

रेमिट्यान्स पठाएर मुलुकको अर्थतन्त्रमा योगदान गर्नेहरुका लागि प्रोत्साहन स्वरुप कोटा छुट्याउने विषयमा गृहकार्य सुरु भएको बताईएको छ । त्यसका लागि कार्यविधि बनाउन नेपाल धितोपत्र बोर्डलाई जिम्मा दिइएको छ ।

हिजोको बैठकमा यो नियम तत्काल कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउने सहमति बनेको पनि स्रोतले बताएको छ । ‘विदेशी मुद्रामा खाता खोल्ने गैरआवासीय नेपाली र वैधानिक च्यानलबाट रेमिट्यान्स पठाउने यो सुविधा पाउनेछन् ’, स्रोतले भन्यो ।1