बेलायतले नेपाललाई हस्तान्तरण गर्यो २१ लाख डोज कोरोना खोप

लण्डन । बेलायत सरकारले नेपाल सरकारलाई २१ लख डोज कोरोना विरुद्धको खोप हस्तान्तरण गरेको छ ।

बिहिवार नेपालका लागि बेलायती राजदुत निकोला पोटिलले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर उक्त खोप हस्तान्तरण गरेकी हुन् ।

उक्त अवसरमा मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो अन्तर्राष्ट्रीय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीको बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

भेटघाट कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायत उच्च अधिकारीको उपस्थिति रहेको थियो ।