लण्डन । नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको मृत्यु अत्यधिक तनावको कारण भएको पाईएको छ । प्रारम्भिक अध्ययनमा उनको मृत्यु कामको अत्यधिक चाप र तनावका कारण भएको उल्लेख गरिएको छ ।
मोरिस सन् २०२० को मेमा आफ्नै घरबाट बेपत्ता भएका थिए । उनको शव ४ महिनापछि फेला परेको थियो । समाचारमा उल्लेख गरिएअनुसार प्रारम्भिक जाँचमा निकै संवेदनशील मानिएको ह्याम डुन मुद्दा र कोरोना महामारीको कारण उनी निकै तनावमा रहेको पाइएको हो ।
मौरिसले बेलायतको विदेश कार्यालयमा दैनिक १५ घण्टाको सिफ्टमा काम गर्दै आएका थिए । जसको कारण उनलाई राति अत्यधिक पसिना आउने समस्या देखिएको थियो । उनलाई आफूबाट कुनै भूल हुन गइरहेको र यसले आफूलाई जेलमा पुर्याउन सक्ने भन्दै चिन्तित रहन्थे ।
मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालको लागि राजदूतको रुपमा रहेका थिए । एलिसनका अनुसार उनलाई बेलायत फर्किएपछि कामको निकै ठूलो चाप परेको थियो र उनले बिदा पनि लिन छाडेका थिए । यो मुद्दामा अहिले पनि सोधपुछ चलिरहेको समाचारमा उल्लेख छ ।






