बिहान सबेरै ५ म्याग्निच्यूडको धक्का

काठमाडौं, ११ जेष्ठ । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछिका पराकम्पनहरु जानेक्रम जारी छ । सोमबार बिहान ३ बजेर २३ मिनेटमा पनि गोरखा केन्द्रबिन्दू भएर ५ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसको झड्का काठमाडौंसम्म महसुस गरिएको थियो । वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको शक्तिशाली भूकम्पका पराकम्पनहरु केही समय रहनसक्ने भन्दै भूकम्पविद्हरुले त्यसबाट नडराउन र सजग हुन आग्रह गर्दै आएका छन् ।