काठमाडौं, ९ जेष्ठ । प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितका लागि आएको राहत हिनामिना हुन नदिने प्रतिबद्धता दोहोर्याएका छन् । शान्ति र लोकतन्त्रका लागि पेशागत सन्जाल (पापड)ले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहतकोषमा जम्मा गरेको रकम बुझ्दै शनिबार उनले कसैले हिनामिना गरेको सूचना पाए कारबाही गर्ने बताए ।
पापडले भने सरकारले आवश्यक ठानेमा भूकम्पपीडितको उद्धार, अनुगमन र पुनःस्थापनामा लाग्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्री कोइरालालाई गराएको थियो । विपत्तिको घडीमा राज्य बलियोरुपमा प्रस्तुत हुनुपर्ने भन्दै पापडले सरकारले गर्ने काममा सहयोग गर्ने जनाएको छ । पापडआवद्ध संघ-संस्थाले दैवीप्रकोप उद्धारकोषमा ३ लाख ६ हजार रुपैयाँ जम्मा गरेका छन् ।
राहत हिनामिना हुन दिन्न: प्रधानमन्त्री






