वैदेशिक रोजगार सम्बन्धी गुनासो सुनुवाई गर्न कल सेन्टर सञ्चालनमा

 

काठमाण्डौ । वैदेशिक रोजगारको ठगी, गुनासो र पीडा सुन्न २४ सै घण्टा कल सेन्टर सेवा उपलब्ध हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाइ गर्न कल सेन्टर सञ्चालनमा ल्याएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले सुरुवात गरेको उक्त कल सेन्टरबाट वैदेशिक रोजगारी सम्बन्धी गुनासाहरु निः शुल्क फोन, भाइवर, फेसवुकलगायत विभिन्न माध्यमबाट टिपाउन सकिने छ ।

कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो तत्काल सुनुवाई गर्नका लागि मन्त्रालयले मन्त्रीको सचिवालयको मोबाइल नम्बर ः ९८२३२५६७०४, ९८२३२५६७०६ र मन्त्रालयमा रहेको कल सेन्टरको नम्बर +९७७१५९७००८ वा टोल फ्री नम्बर ११४१ मा निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने इमेलको पनि व्यवस्था गरिएको छ ।

सो कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरुको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ । ६ जना कर्मचारीहरुले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिने मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।