सञ्चारकर्मी अनु लामाको ल्होसार गीत सार्वजनिक

सिड्नी । सञ्चारकर्मी एवम् कलाकार अनु लामाको ल्होसार गीत सार्वजनिक भएको छ । हाल अष्ट्रेलियामा रही सञ्चारक्षेत्र र कलाकारिता क्षेत्रमा सक्रिय लामाको तामाङ् समुदायले मनाउने ल्होछार पर्वको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।

लामाको दोश्रो गीती संग्रह स्वरुप ल्होछार विशेष गीत ”डम्फु ह्राब्सि” सार्वजनिक गरिएको छ । म्यूजिक भिडियो र टेलिश्रृङ्खला मार्फत कलाकारीता क्षेत्रमा प्रवेश गरेकी लामाले केही वर्ष अगाडी पहिलो गीत सार्वजनिक गरेकी थिईन् ।

अष्ट्रेलियामा रहेर पनि आफ्नो भाषा, कला संस्कृतिको संरक्षणमा लागेकी उनले केही समय व्यक्तिगत काममा व्यस्त रहेको भएपनि लामो समयपछि ल्होसार गीत सार्वजनिक गर्न पाउँदा खुसी लागेको बताईन् । उनले जन्मभुमी प्रतिको माया र आफ्नो संस्कृति झल्कने गरी ल्होसार गीत दर्शक माझ लिएर आएको बताईन् ।

गायक तथा संगितकार विशाल काल्तान र चर्चित गायिका जितु लोप्चनको स्वरमा रहेको उक्त गीत बिशाल काल्तान युटुब च्यानलबाट लिरिकल भिडियो सहित सार्वजनिक गरिएको छ ।

सुन्नुहोस् गीत