लन्डन । आफ्नो ४ वर्षको कार्यकाल सकेर स्वदेश फर्कन लागेका लन्डनस्थित नेपाली दूतावासका द्वितीय सचिव राम बाबु नेपाललाई स्याङ्जा समाज यूकेले विदाई गरेको छ ।
समाजले आइतबार अल्डरसटस्थित ठमेल रेस्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच नेपाल दम्पत्तिलाई विदाई गरेको हो ।
समाजका अध्यक्ष भरत गुरुङ, संरक्षक डेभिड गुरुङ, सोंपाल समाज यूके अध्यक्ष जगदीश गुरुङ, राम दाम समाज यूके अध्यक्ष सारदा गुरुङ लगायतले नेपाल दम्पत्तिलाई फेटा लगाएर विदाई गरे ।
उनीहरुले द्वितीय सचिव नेपालको आगामी दिनमा परराष्ट्र सेवामा उज्जवल भविस्यको कामना पनि गरे ।
मन्तव्यका क्रममा द्वितीय सचिव नेपालले विदाई कार्यक्रम राखेर स्याङ्जा समाजले न्यानो सम्मान प्रदान गरेकामा संस्थाप्रति आभार व्यक्त गरे ।
उनले आफ्नो बेलायत बसाइमा यहाँको नेपाली समुदायबाट उल्लेखनीय सहयोग प्राप्त गरेको जनाउंदै फर्कने बेला अविस्मरणीय सम्झना र माया बोकेर जान लागेको पनि बताए ।






