लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आन्तरिक विवाद सल्टाउन संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सकृयता देखिएका छन् । संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले बोलाए पछि अध्यक्ष पदका उम्मेदवारहरु कुल आचार्य तथा डा बद्री केसी काठमाडौँ आई पुगेका छन्। अध्यक्ष पदकी उम्मेदवार रबिना थापा काठमाडौँमै छिन्। डा महतोले तीनै जना उम्मेदवारहरुसंग गम्भीर वार्ता गरेर एउटा निकास निकाल्ने प्रयास गर्न लागेका हुन् ।
डेलिगेट्स विवादका कारण अक्टोबर अन्तिम साताका लागि तोकिएको दशौं महाधिवेशन तथा निर्वाचन स्थगित गरिएको थियो। आइसीसीको बैठक जनवरी १५ तारिख बस्ने यसै बीच एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठक यही जनवरी १५ तारिख बस्ने भएको छ।
महासचिव डा हेम राज शर्माले आइसीसी सदस्यहरुलाई एक इमेल पठाएर उक्त जानकारी दिएका हुन्। गत अक्टोबर १६ तारिखमा दुइ वर्षे कार्यकाल सकिए पछि आइसीसीले आफ्नो म्याद ६ महिनाका लागि थप गरेको जनाएको थियो। तर केहि कानूनविद्ले आइसीसीले आफ्नो अवधि आफै थप्न नमिल्ने बताएका थिए। संघको दशौँ महाधिवेशन र चुनावको बारे बैठकमा छलफल गरिने महासचिव शर्माले जनाएका छन्।
गत अक्टोबर महिनामा तोकिएको महाधिवेशन र चुनाव अनिश्चितकालका लागि पर सारिए पछि पहिलो पटक आइसीसीको बैठक बस्न लागेको हो। तर केहि कानूनविदले आइसीसीले आफ्नो अवधि आफै थप्न नमिल्ने बताएका थिए।






