लण्डन । बेलायतमा नयाँ टर्म शुरू हुनुपूर्व सबै शिक्षक तथा विद्यार्थीहरुको कोभिड परिक्षण गरिने भएको छ ।
माद्यामिक तहका विद्यार्थीहरुको नयाँ शैक्षिक सत्रमा सामेल हुने तयारी भइरहेको अवस्थामा इङ्गल्याण्डमा रहेका विद्यालयका बालबालिकाहरुलाई कोभिड परिक्षण गर्ने निर्णय भएको हो ।
सरकारले विद्यालयमै कोभिड परिक्षण किटहरु उपलब्ध गराउने आश्वासन दिदै सबै बालबालिकाको परिक्षण हुनुपर्नेमा जोड दिएको छ ।
यस्तै शिक्षा सचिब दधिम जवाहीले २६ जनवरीसम्म बालबालिकाहरुले फेस कभरिङ्ग भने गर्नुपर्ने जानकारी दिएका छन् ।
यो नियम यही हप्तामा विद्यालय जान शुरू गर्ने इँगल्याण्डका बालबालिकाहरुमा लागू हुने छ ।
यस्तै वेल्स सरकारले पनि विद्यालय स्टाफ र विद्यार्थीहरुलाई टर्म शुरू हुनु भन्दा अघिल्लो हप्तामा तीन पटकसम्म परिक्षण गर्न भनेको छ ।
स्कटल्याण्ड, नर्दन आयरल्याण्डका बालबालिकाहरुलाई पनि हप्तामा अनिवार्य रुपमा दुई पटक कोभिड परिक्षण गर्न भनिएको छ ।
स्वास्थ्यसचिव सजिद जाविदले नियमित रुपमा परिक्षण गर्दा नै विद्यालयमा फेस टु फेस शिक्षणमा सहयोग पुग्ने बताएका छन् ।
कोभिडको ओमिक्रोन भेरियन्टको त्रास बढीरहेको अवस्थामा सरकारले यस्तो निर्देशन जारी गरेको हो ।
यस्तै खोपको मात्रा नपाएकाहरुलाई पनि अनिवार्य खोप लगाउन भनिएको छ भने बुस्टर डोज लगाउन पनि निर्देशन जारी गरिएको छ ।
स्रोत – वीवीसी






