लण्डन । बेलायतमा १० हजारभन्दा धेरैमा कोरोना भाइरसको उत्परिवर्तित स्वरुप ओमिक्रोन पुष्टि भएको छ ।
पछिल्लो केहीदिनयता बेलायतमा दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्याले नयाँ किर्तिमान बनाउँदै गएको छ ।
त्यसमा ओमिक्रोन पुष्टि हुनेको सङ्ख्या बढिरहेको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा मात्रै ९० हजार ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमित थपिने क्रम बढिरहेको भन्दै त्यहाँका स्वास्थ्य विज्ञले दैनिक अस्पताल भर्ना हुनेको दर ३ हजारभन्दा धेरै पुग्नसक्ने चेतावनी समेत दिएका छन् ।
अस्पताल भर्ना हुने सङक्रमितको सङ्ख्या कम गर्नको लागि राष्ट्रिय रुपमा नै लकडाउन गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।






