बेलायतमा बुद्ध फाउण्डेसनले यसरी गर्दैछ प्रथम अधिवेशन, श्रेष्ठले ह्याट्रिक गर्ने सम्भावना !

लण्डन । बुद्ध फाउण्डेसन यूकेले आफ्नो प्रथम अधिवेशन तथा सधारणसभा बोलाएको छ ।

बिगत लामो समय देखि बेलायतको नेपाली समुदायमा तथा नेपालमा विभिन्न सामाजिक क्षेत्रमा हातेमालो एवम सहकार्य गर्दै आएको संस्थाले यही नोभेम्बर २८ गते आईतबार १२ बजे अपरान्हको लागि साधारण सभा बोलाएको हो ।

द स्पोटेड डग बार्किङ्गमा हुने साधारणसभाले तथा प्रथम अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छन् ।

सो अवसरमा बेलायतका लागी कार्यबाहक राजदूत तथा उपनियोग उपप्रमुख रोशन खनालको प्रमुख आतिथ्यता रहने संस्थाका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस पटकको कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निम्ती आजैबाट तयारी अघि बढाइएको छ ।

बेलायतमा विभिन्न सांस्कृतिक कामहरु गर्दै आएको यस संस्थाले बुद्धको देश नेपाल र नेपालको कला संस्कृतिको अन्तराष्ट्रिय स्तरमा प्रबर्धन गर्ने काम गरिरहेको महासचिव अर्जुन कटुवालले जनाए ।

संस्थाले हरेक बर्ष लण्डनको मुटु मानिने ट्राफलगर स्क्यारमा बुद्ध जयन्ति मनाउने गरेको छ ।

दुई पटक संस्थाको नेतृत्व सम्हालिसकेको अध्यक्ष दीपक श्रेष्ठले यस अधिवेशनबाट ह्याट्रिक गर्न लागेको समेत चर्चा चलेको छ ।

कार्यक्रममा सहभागि हुन यहाँ रहेका सबै नेपालीहरुलाई संस्थाले आग्रह गरेको छ ।