यस्तो छ अष्ट्रेलियाका विभिन्न शहरहरुको लागि टीकाको शुभसाइत

तक्दीर अधिकारी
सिड्नी । नेपाली हिन्दू समाज अष्ट्रेलियाले यस बर्ष अष्ट्रेलियाका विभिन्न शहरहरुको लागि दशैंको शुभसाइत सार्वजनिक गरेको छ ।

१५ अक्टोबरको दिन परेको विजयादशमीको अवसरमा ८ राज्यको लागि शुभसाइत सार्वजनिक गरिएको हो । जसअनुसार सिड्नीमा १०ः २५, मेलबर्नमा १०ः३१, ब्रिसबेनमा १०ः२९, एडिलेडमा १०ः२६, क्यानबेरामा १०ः२७, तास्मानियामा १०ः५१, पर्थमा १०ः०३ तथा डार्विनमा १०ः२७ बजे शुभसाइत रहेको समाजका पण्डित प्रकाश ढोडारीेले जानकारी दिए ।

उनका अनुसार यसरी शुभसाइत तोकिएपनि समय शुरू भएपछि दिनभर नै टीका ग्रहणको निम्ती उत्तम साइत रहेको छ ।उनले सोसाइटीले सूर्य उदाउने र अस्ताउने समय अनुसार विभिन्न मुहूर्त हेरेर साइत सार्वजनिक निर्धारण गर्ने गरिएको जानकारी दिए ।

उनले अष्ट्रेलियामा नेपाली समुदायको विस्तार हुने क्रम बढीरहेको भन्दै कुनै ठाँउमा टीकाको शुभसाइत आवश्यक परेको खण्डमा सोसाइटीलाई सम्पर्क गर्न सकिने उनले बताए ।

सोसाइटीले यस बर्ष एकैठाँउबाट सामूहिक जमरा वितरण नगर्ने भएको छ । कोभिड महामारीको कारण यसपटक लकडाउन लगाइएको कारण एकैठाँउबाट वितरण गर्न नसकिएको उनले बताए ।

उनका अनुसार जुम मार्फत पूजाआजा गरी यसपटक ४ ठाँउहरुबाट जमरा वितरण हुँदैछ । तर गत बर्ष जुन ठाँउबाट जमरा लिइएको थियो, सोही ठाँउमा उपलब्ध गराउने व्यवस्था भने रहेको ढोडारीले बताए ।विजयादशमी पर्व, साइत तथा पर्वविशेष अन्य कुनै जानकारी आवश्यक परेको खण्डमा समाजलाई सम्पर्क गर्न सकिने बताइएको छ ।

जमारा वितरण निम्न स्थानहरुबाट हुने भएको छ ।

Granville
20 O’Neill St Granville 2142
0428800646

Dee Way area
Hari Koirala
0404226013

Hornsby Area
Bikash KC
0416928676

Minto Area
Tunganath Kharel
0415616652

Blacktown area
Sitaram Ghimire
0423715229

Penshurst area
Lakshman Shrestha
0432614284

Rockdale/ Kogarah
Mahesh Prasain
0434044285

Edmonstion/ Bardia
Bishnu Ghimire
0403493900

Campsie
Rajkumar Adhikari
0421729343