बेलायतमा गोर्खा इन्टेक १९७१ यूकेले भब्य रुपले मानायो स्वर्ण जयन्ति

लण्डन । इन्टेक १९७१ यूकेले स्वर्ण  जयन्ति भब्य  रुपले  मानाएको छ।
इन्टेक १९७१ यूकेले गत अक्टुवर २०२१ को दिन अल्दर्सतशहरमा रहेको दि पालेस रेस्टुरेन्टको एण्ड भेनुको पार्टी हलमाउनीहरु ब्रिटीश गोर्खा ब्रिगेड हंगकंगमा भर्ति भएको पचासौ वर्षपुगेको ऐतिहासिक शुभ अवसरमा पचासौ स्वर्ण जयन्तिभब्यताकोसाथ मनाएको हो ।

यस कार्यक्रममा सहभागी बन्नयूकेको विभिन्न प्रान्तमा बस्नु हुने दौतरीहरु, उहाँहरुको परिवारनेपाल तथा हंगकंग वाट समेत आउनु भएकोले कार्यक्रमअत्यन्तै रोचक देखिएको थियो कार्यक्रममा प्रमुखअतिथिहरुको लागि आमन्त्रित गरिएको संस्थाको मानार्थसदस्यहरु केहि कारण्वस अनुउपस्थिति रहे पनि कार्यक्रमकोअध्यक्षताअतिथिको दुवै कार्य वर्तमान अध्यक्ष कार्यक्रमकोउद्घाटन भूपू केप्टेन श्री भिम बहादुर गुरुङ १/२ जि आर ज्युले गर्नुभएको थियो

कार्यक्रममा आसन ग्रहण पश्यात नेपाली राष्ट्रिय गीत तथाब्रिटीश राष्ट्रिय गीतको धुनको साथसाथै वर्तमान अध्यक्ष भूपूकेप्तेन श्री भिम बहादुर गुरुङ १/२ जि आर ज्यु, लगायत भूपूअध्यक्ष द्वय भूपू कर्पोरल पुर्णबिर गुरुङ २/२ जी आरभूपूलेप्टेन श्री रेशम शेरचन २/२ जिआर, बियस्सी बोइसकोप्रतिनिधि भूपू मेजर कर्णसेर तामाङ्ग क्युजी सिग्नल्स,स्मारिकाको सम्पादक भूपू लेप्टेन नरेन्द्र राज काम्बांग १० जिआरबाबुजीहरुको प्रतिनिधि भूपू मेजर टिकेन्द्रदल देवानजि आर हरुको संयुक्त प्रयासमा दीप प्रज्वलन  गरिकार्यक्रमको समुद्घाटन भएको थियो

त्यसपछि हामीपक्लिहवाधरानमा भर्ति भएको कुल संख्या २१० जवान मध्येहंगकंगको सेकोंग तालिम केन्द्र वाट केहि  कारणबस तीनजवान तालिम पूर्ण नगरी नेपाल फिर्ता पठाईएकोले वांकी २०७ जवान मध्ये हालसम्म ३७ जवान हाम्रो आदर्णिय दौतरीहरु ले वीर गति पाएकोले उहाँहरुको स्मृतिमा एक मिनेट मौनधारणगरि यस क्रममा आखिरी पोस्टको धुन बजाई श्रद्दान्जली अर्पणगरिएको थियो

त्यसपछि संस्थाको अध्यक्ष भूपू केप्तेन भिमबहादुर गुरुङ १/२ जी आर द्वारा  ५०सौ स्वर्ण जयन्तीमासहभागी सम्पूर्ण दौतरीहरुलाई  सम्वोधन  गरि स्वागत गर्नुकोसाथसाथै यस भब्य कार्यक्रमलाई तन, मनधनले सहयोगपुर्याउनु हुने विभिन्न ओहोदाको सदश्यहरुलाई उहाँहरुले पुर्याउनुभएको सहयोगको कदर गर्दै सधन्यवाद प्रकट गर्नु भएको थियो।  

त्यस पश्च्यात ५०सौ स्वर्ण जयन्तिको उपलक्षमा भूपू लेप्टेन श्रीनरेन्द्र राज काम्बांग ज्युको सम्पादकीयमा तयार पारिएकोस्मारिकाभूपू लेप्टेन श्री रेशम शेरचनद्वारा सिर्जना गरिएकोइन्टेक १९७१ साल यूके को लोगो अङ्कित प्लागको विमोचनमाथि उल्लेखित व्यक्तित्वहरुद्वारा भएको थियोत्यस्पस्च्यातस्मारिकाको सम्पादक भूपू लेप्टेन श्री नरेन्द्र राज काम्बांगप्लाग तथा ब्याक्ड्रपको संयोजक भूपू लेप्टेन श्री रेशम शेरचनज्यु द्वयलाई उहाँहरुको अमुल्य योगदानलाई कदर गरिसंस्थाको तर्फ वाट वर्तमान अध्यक्ष भूपू केप्टेन श्री भिम बहादुरगुरुङ ज्यु वाट प्रसंशा-पत्र प्रदान गरिएको थियो 

कार्यक्रममा क्रमश: सामाजिक संजालको  संयोजक भूपू केप्तेनईन्द्र बहादुर गुरुङ ज्यु को  संयोजक्त्वमा दौतरीहरुकोसम्झनारुपी सामुहिक पुरुष तथा महिलाहरुको फोटो खिच्नेक्रम रहेको थियो फोटो खिची सकेको केहि विश्राम पछिसंस्थाको मनोरन्जनको  कार्यक्रम प्रस्तुतिको लागि कार्यक्रम सयोजक/सचिव भूपू केप्तेन श्री नर बहादुर गुरुङ  एम्भियो, बियम र  भूपू कर्पोरल टंक शेरचन को संयुक्त प्रयामा करिबएक घण्टा सम्म सयपत्री सांस्कृतिक समूह यूकेको कलाकारहरुद्वारा विभिन्न नेपाली लोकनृत्यहरुभू पू कर्पोरल टंक शेरचनद्वारा सन्चालक तथा बासुलिको धुनहरुले सबैको मन जित्नसफल रहेको थियो

सांस्कृतिक मनोरंजन पश्च्यात संस्थाकोतर्फ वाट अध्यक्ष भूपू केप्तेन श्री भिम बहादुर गुरुङ ज्यु द्वाराकलाकारहरुलाई केहि पुरुस्कार तथा सर्टिफिकेटहरुले सम्मानगरिएको थियो

सांस्कृतिक कार्यक्रम वाट भरपूर्ण मनोरंजन लिएर पालेसरेस्टुरेन्ट द्वारा तयार गरिएको साझको स्वादिस्ट भोजनले लामोसमय सम्म भोकाएको भोकको पेट एकछिनमै टन्न पारिदियो दुर्भाग्यवस खाना संयोजक भूपू केप्तेन श्री गोपाल प्रधान ज्युकेहि कारणवस सहभागी हुन असमर्थ भएकोमा हामी दुखित छौतैपनि उहाँले कार्यक्रम अगावै दौतरीहरुको सहभागिताकोसंख्या संकलन गर्नु भएकोले रेस्टुरेन्टलाई तयारी गर्न धेरै सहजपर्न गएको अनुभूति भएको थियो

त्यस पछि पचासौ स्वर्णजयन्तिलाई विशेष रुप दिन भूपू केप्तेन ईन्द्र बहादुर गुरुङज्युको संयोजकत्वमा उत्सव केकको आयोजना भएको लगत्तैमाथि उल्लेखित महानुभावहरुद्वारा केक काट्ने कार्यश्याम्पिनफोरेर चेयर गर्ने कार्य सपन्न भएको थियोत्यसको लगत्तैयुकेको हजुर महारानी, इन्टेक १९७१ युकेको महिलाइन्टेक१९७१ यूके लाई टोस गर्ने का भएको थियो त्यसपछि इन्टेक१९७१ युकेको संस्थापक अध्यक्ष/सल्लाहाकार  तथा हाम्रोदौतरीहरुको सबै भन्दा पहिलो फौजी नम्बर पाउने व्यक्ति भूपूकर्पोरल पूर्णबिर गुरुङ ज्युद्वारा आयोजक समितिको सम्पूर्णपदाधिकारीहरुलाई कार्यक्रम सफल बनाउन अहम भूमिकानिभाएको हुनाले अध्यक्ष लगायत सम्पूर्णलाई हार्दिक धन्यवादआफ्नो भनाई राख्दै सम्पूर्ण कार्यक्रम समापन भएको घोषणागर्नु भएको थियो

स्मरण रहोस यो भब्य कार्यक्रमको शुरु देखिअन्त सम्म तदारुकताको साथ् सन्चालक गरि सम्पूर्ण कार्यक्रमसंचालन गर्न अहम भूमिका निभाउनु हुने भूपू केप्तेन श्री नरबहादुर गुरुङ एम्भियो, बिएम संस्थाको धन्यवादको पात्र बन्नुभएको छ । साथै यस कार्यक्रममा अनवरत ढंगले आर्थिकमामिलाको हिसाब किताब राख्ने कार्यमा निरन्तर लागि पर्नेसंस्थाको कोषाध्यक्ष  भूपू डब्लु ओटू श्री श्यामसिंग राना ज्यु हुनुहुन्थ्यो भने पेय पदार्थको लाई धेरै वर्ष देखि निरन्तर ढंग वाटसंस्थालाई व्यवस्थापन गर्नमा सहयोग गर्नु हुने भूपू सार्जन्ट आनबहादुर पुन हुनु हुन्थ्यो भने मनोरंजनको संयोजक भूपू कलरसार्जन्ट श्री पूर्ण बहादुर गुरुङले गर्नु भएको थियो

कार्यक्रममास्मारिका लाई सौजन्य गर्ने सम्पूर्ण दौतरीहरुलाई प्रतिपरिवारलाई एक थान स्मारिकाप्लाग निशुल्क प्रदान गरिएकोथियो

अन्तमा कार्यक्रम करिब दिउसोको १२ बजे शुरु भएर साझबजे अन्त भएको थियो संक्षिप्तमा ५०सौ स्वर्ण जयन्तिअत्यन्तै सौहार्द वातावरणमा सम्पन्न हुनुको साथै धेरै सफलताभएको सबैले महसुश गरेको पाइएको

यस संस्थालेभविष्यमा हुने इन्टेक १९७१ यूकेको भेटघाट कार्यक्रम बारेकहिले गर्ने भन्ने बारे समिक्षा बैठकमा गर्ने नमारी बाचेकालले साचे अर्को बार्षिक भेटघाटमा भेट हुने अपेक्षा राख्दछौंजय इन्टेक १९७१ यूके !

सौजन्य: भूपू लेप्टेन श्री रेशम शेरचन २/२ जिआर