तास्मानिया । विनर सर्कल तास्मानियाको आयोजना र ग्लोबल मार्क एजुकेशन एन्ड भिसा सर्भिसेसको मुख्य प्रायोजनमा हुन गइरहेको दशैं धमाका म्यूजिकल नाइटको सम्पूर्ण तयारी पूरा भएको छ ।
विशेष गरी कोभिडको संक्रमण पनि नरहेको र लकडाउनको समेत अवस्था नरहेको कारण नोपलीहरुको महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा खुशीयाली मनाउने गरी ९ अक्टोबरमा आयोजना गरिएको दशैं धमाकाको तयारी पूरा भएको हो ।
सु–प्रसिद्ध गायक बादल प्रसाईँ, होबार्टको ब्याण्ड अर्भ, डि.जेसहित विभिन्न स्थानीय कलाकारहरुको प्रत्यक्ष उपस्थितीमा सञ्चालन हुन लागेको म्यूजिकल नाइटमा सहभागि हुन यहाँका नेपालीहरु उत्सुक भएका छन् ।
‘नेपाल र नेपाली संस्कृतिको प्रबद्र्धन गर्दै हाम्रो महान चाड दशैं मनाउने हाम्रो चाहना हो’, एडमिन साजन परियारले भने, ‘विदेशमा संघर्ष गरिरहेका नेपाली युवायवतीहरुमा लुकेर रहेकोप्रतिभालाई पनि प्रस्फुटन गर्ने प्रयास हो ।’
उनले कोभिडका मापदण्डहरु पालना गरी होटल ग्रान्ड चान्सलरमा कार्यक्रम हुन लागेको हो ।
यसप्रकारको कार्यक्रम नेपाली समुदायकै पहिलो कार्यक्रम रहेको उनले बताए ।
उक्त कार्यक्रमले तास्मानिया मात्र नभएर अष्ट्रेलिया भरी नै सकारात्मक चर्चा कमाइरहेको संस्थाले जनाएको छ । युवाहरुको लागि काम गर्दै आइरहेको विनर सर्कल मिडियाको तास्मानियाको भने यो पहिलो कार्यक्रम हो ।
कोभिड महामारीको कारण अष्ट्रेलिया पनि चपेटामा परेको लामो समयपछि उक्त कार्यक्रम गर्न लागिएको हो ।






