धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा केसी, यस्तो बन्यो नयाँ कार्यसमिति

सिड्नी । धादिङ समाज अष्ट्रेलियाको अध्यक्षमा अर्जुन केसी चयन भएका छन् ।

२०१४ मा नेपालको धादिङ घर भई अष्ट्रेलियामा बस्दै आएका नेपालीहरुको प्रतिनिधित्व गर्दै किरण अधिकारीको नेतृत्वमा गठन भएको समाजको नयाँ कार्यसमिति चयन भएको हो ।

आइतवार सम्पन्न भएको तेस्रो अधिवेशन तथा बार्षिक साधारण सभाले उपाध्यक्षमा यज्ञ अधिकारी, महासचिबमा हरि अधिकारी, सचिबमा पुरुषोतम अधिकारी, कोषाध्यक्षमा सनिता त्रिपाठी, प्रबक्तामा बिनोद उप्रेती, महिला संयोजकमा गीता लम्साल ओझा, युवा संयोजकमा रबिन्सन अधिकारीलाई जिम्मेवारी सुम्पिएको छ । त्यस्तै सदस्यहरुमा सुमन परियार (एनएसडब्लु) करुणा अधिकारी (तस्मेनिया) सुस्मा छत्कुली (भिक्टोरिया), ज्योति स्मिखडा (भिक्टोरिया), अनुप जंग बानिया (एनएसडब्लु), बिदुर अधिकारी (एनएसडब्लु) चयन भएका छन् ।

संस्थाको सल्लाहाकारहरुमा संस्थापक अध्यक्ष किरण अधिकारी र निबर्तमान अध्यक्ष सबिन थपलिया चयन भएका छन् ।

साधारणसभाबाट एनएसडब्लु संयोजकमा शम्भु भण्डारी, एसीटि संयोजकमा रामचन्द्र उप्रेती, तास्मानिया संयोजकमा उत्तम अधिकारी, भिक्टोरियामा बिनोद पौडेल, नर्दन टेरीटरीमा नबिन भण्डारी, साउथ अष्ट्रेलियामा जीवन भण्डारी, पर्थमा दयाराम थापा मगर र क्विन्सल्याण्डमा शम्भु सिम्खडालाई संयोजक तोकेको छ ।पब्लिक अफिसरको जिम्मेवारी केही समय पछि दिइने भएको छ ।

अष्ट्रेलियामा रहेका धादिङबासीहरु जुम मार्फत जोडिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली दूतावासका प्रतिनिधि यादव कोइरालाको उपस्थिती रहेको थियो भने एनएसडब्लुका लागि महाबाणिज्यदूत दिपक खड्का, साउथ अष्ट्रेलियाका बाणिज्यदूत दिपक धमला, समुदायकी अगुवा इन्द्र बन, एनआरएनएका केन्द्रीय उपाध्यक्ष मन केसी, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, उपाध्यक्ष एबं एनएसडब्लुका संयोजक देब गुरुङ, महासचिब राजबाबु अधिकारी, फ्रेन्ड्स अफ नेपाल अष्ट्रेलियन लिबरलका संयोजक श्री नापित लागायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागि भएका थिए ।कार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष सबिन थपलियाको अध्यक्षता, तथा राधिका बानियाँ र निरु त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अध्यक्षमा निर्वाचित भइसकेपछि केसीले संस्थालाई नयाँ शिराबाट अघि बढाउने र निर्देशित उद्धेश्यहरु पूर्ति गर्नेगरी अघि बढ्ने बताए । केसी धादिङ समाजमात्र नभएर २०११ सालदेखि एनआरएनएमा सक्रिय हुँदै आएका छन् । एनआरएनएको कार्यदलमा २०१५ सम्म काम गरेका उनी एनआरएनए न्यू साउथ वेल्समा २०१७ सम्म सदस्यको रुपमा काम गरे ।त्यसपछि १७–१९ कार्यकालमा उपसंयोजकको रुपमा काम गरेका उनी यतिबेला सपरिवार नै अष्ट्रेलियामा बस्दै आएका छन् । धादिङको गंगा जमुना गाँउपालिकामा जन्मिएका उनी अध्ययनको शिलशिलामा २०११ मा अष्ट्रेलिया आएका थिए । अध्ययन, व्यवसायसँगसँगै उनले यहाँ रहेर समाजसेवा समेत गर्दै आएका छन् ।