लण्डन । बेलायतबाट मनिटुले नेपालको शिक्षा स्वास्थ्य र कल्याणमा सहयोग पुर्याउने हेतुले सञ्चालन गरेको हेल्प फर नेपाल क्याम्पेन विहिबार अथाएत सेप्टेम्बेर ३० बाट सकिने भएको छ ।
गत महिना को अगष्ट २९ तारिखबाट नेपाल र नेपालीहरुको निम्ती सहयोग पुर्याउने उद्धेश्यसहित मनुटुले आफ्नो कम्पनीबाट नेपालतर्फ हुने हरेक कारोबार गर्दा १ पाउण्ड सहयोग अभियान चलाएको थियो ।
युकेमा दर्ता भई संचालनमा रहेको हेल्प फर नेपाल च्यारिटीले नेपालको शिक्षा, स्वास्थ्य र कल्याणमा सहयोग गरिरहेको छ। यूकेबाट नेपालमा पैसा पठाउदा आफ्नो काम पनि हुने समाजसेवामा योगदान पनि हुने यस योजनामा कति रकम नेपाल पठाइयो र कति रकम सहयोग पठाइयो भन्ने अझै सार्वजनिक भएको छैन ।
संसारका ५४ वटा भन्दा बढी देशहरुमा रेमिट सेवा प्रदान गर्दै आइरहेको मनिटुले नेपालको लागि यो सुबिधा भने गत अप्रिल बाट बिस्तार गरेको थियो। नेपालको लागि आफ्नो सेवा को शुरुवात संगै कयौं नेपाली हरुले मनिटु एप प्रयोग गरि नेपाल पैसा पठाइरहेका छन्। मनिटुले शुरुका दुई ट्रान्सफरमा निशुल्क सेवा प्रदान गर्दछ त्यसपश्चात हरेक स्थानान्तरणमा ०.९९ पाउण्ड शुल्क लाग्ने छ।
मनिटुको सेवा प्रयोग गर्नका लागि मनिटुमा आफ्नो अकाउण्ट रजिस्टर गर्नु पर्दछ। त्यसको लागि एप स्टोर अथवा गुगल प्ले स्टोरमा गई मनिटु एप इन्स्टल गरी आवश्यक डकुमेन्ट अपलोड गर्नु पर्दछ। मनिटुमा रजिस्टर गर्न आफ्नो पासपोर्टको फोटो र सेल्फी भए पुग्छ। रजिस्टर गर्न को निमित्त प्रयोगकर्ताले एप अथवा वेबसाइट दुवै माध्यम को प्रयोग गर्न सक्छन।
उक्त प्रक्रिया पश्चात प्रयोगकर्ता हरु ले एप अथवा वेबसाइटको माध्यम बाट पैसा स्थानान्तरण गर्न सक्ने छन। पठाएको पैसा नेपालका जुन सुकै बैंक अथवा फाइनान्समा तुरुन्तै जम्मा हुन्छ। बैंक डिपोजिट संगै नगद प्राप्त गर्ने सुबिधा पनि एप मा समाबेश गरिएको छ।
मनिटु बारे अन्य जानकारी चाहिएको खण्ड मा प्रयोगकर्ताले +४४ (०) २०३२९१२६२८ मा सिधा सम्पर्क गर्न सक्ने छन अथवा मनिटुको वेबसाइट https://bit.ly/3mfrKAX मा गई आवश्यक जानकारी प्राप्त गर्न सकिने छ।






