सिड्नी । नेपाली काङ्ग्रेस तरूण विभाग अष्ट्रेलियाले कास्कीको मादि गाउँपालिका १ सिक्लेसका एक मृगौलाको समस्या भोगिरहेका व्यक्तिलाई आर्थिक सहयोग पठाएको छ ।
सिक्लेस निवासी ३१ बर्षीय दुबै मृगौला पिडित सुशील गुरुङलाई नगद ४० हजार रूपैयाँ आर्थिक सहयोग गरेको विभागका सचिव बिवेक थापाले जानकारी दिए । परिवार र समाजका लागि केही गर्ने युवा अवस्थामा दुबै मृगौला फेल भइ अस्वस्थ हुनपुगेका उनलाई उपचारमा सहयोग पुर्याउने हेतुले उक्त सहयोग गरिएको उनले बताए ।
उपचारका निम्ति आर्थिक अभावका कारण सहयोग समिति गठन गरि शुसिलको जीवन रक्षाका निम्ति सहयोगको अपिल गरिएको छ।
कसैको प्राण रक्षा भन्दा ठूलो कुनै धर्म हुन सक्दैन भन्ने मूल नारासहित राजनैतिक र सामाजिक कर्मका साथ कर्मभूमीबाट जन्मभुमि र समुदाय सङ्ग जोडिने प्रतिबद्धता जनाएको तरूण विभाग अष्ट्रेलियाले आगामी दिनमा समेत समाज, समुदाय र सङ्गठनको हितमा निरन्तर लागिरहने विभागका प्रमुख समित केसीले बताए।
तरूण विभाग केन्द्रीय सदस्य लेख बहादुर गुरूङ, नेपाली कांग्रेस मादी गाउँपालिका सभापती देवीजङ्ग गुरूङ, सचिब भानु ढकाल लगायतको उपस्थितिमा उक्त सहयोग रकम सहयोग समिति सचिब बेल गुरूङ र देवीजङ्ग गुरूङ मार्फत पिडित बिरामी लाई हस्तान्तरण गरिएको थियो ।
आगामी दिनमा पनि यसप्रकारका मानवीय काममा अग्रसर हुँने भन्दै तरुण विभाग अष्ट्रेलियाले गुरुङको जीवन रक्षाको निम्ती सहयोग गर्न अरु सबैलाई अपिल समेत गरेको छ ।







