तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियामा फैलिदैं गरेको मल्टी डायनामिक रियलस्टेटका एजेन्ट मुरारी लम्साल साउथ वेस्ट सिड्नीको उत्कृष्ट ५ एजेन्टको सूचीमा परेका छन् ।
डेली टेलीग्राफ नामका पत्रिकाले यस बर्षको ५ उत्कृष्ट एजेन्टको सूची सार्वजनिक गर्दा पहिलो नेपालीको रुपमा मुरारी पनि समावेश भएका हुन् ।यसअघि बार्डिया सबर्बका उत्कृष्ट एजेन्ट बन्न सफल भएका उनीलाई डेली टेलिग्राफले उत्कृष्ट एजेन्टको रुपमा प्रस्तुत गरेको हो ।
रेट माई एजेन्ट नामक संस्थामार्फत मल्टीडायनामिक ‘रियलस्टेट रियलस्टेट अफ द इयर’ तथा यसका एजेन्ट लम्साललाई ‘बेस्ट एजेन्ट अफ द इयर’ अवार्डले सम्मान गरेपछि अर्काे सफलता उनले पाएका हुन् । डेली टेलिग्राफले हरेक बर्ष एजेन्टहरुको अध्ययन, अनुसन्धान गरेर उक्त सूची सार्वजनिक गरेको हो ।
मुरारीले एक बर्षको अवधिमा ९५ वटा कारोबार गर्न सफल भएका छन् । त्यस्तै ७६ मिलियन डलरको कारोबार उनले गरेका छन् । उनलाई सेवाग्राहीहरुले दिएको रिभ्यूमा पनि धेरै अंक पाएका छन् । लम्सालले मिहेनत, लगाव, डेडिकेशन तथा ग्राहकहरुलाई उनीहरुले दिएको सेवाको आधारमा उक्त प्रमाणपत्र पाउन सफल भएको मल्टिडायनामिक रियलस्टेटका प्रिन्सिपल मेघराज पौडेलले बताए ।
पौडेलले मुरारीको काम निकै सम्मानित रहेको भन्दै उनको कार्यकौशलले धेरै मानिसहरु प्रभावित भएको समेत बताए । लम्सालले पाएको सम्मानले समग्र रियलस्टेट व्यवसायलाई गौरव महसुस भएको उनले सुनाए ।
मुरारीले पहिलो पटक नेपाली समुदायबाट उक्त सम्मान पाएका हुन् ।१९९६ सेप्टेम्बरमा अष्ट्रेलियामा आएर १४ बर्ष सानो व्यवसायको आनुभब लिएका लम्साल त्यसपछि आफूले रियलस्टेटको अध्ययन गरेर यस् व्यवसाय मा लागेका थिए ।
डेलि टेलिग्राफको यो सम्मानले आफूलाई काम गर्न अझै ऊर्जा मिलेको उनले बताए । ‘आफ्नो कामहरु नियमित रुपमा गर्दै जानुपर्छ, मूल्यांकन गर्ने ग्राहकहरुले हो,’ उनले भने, ‘मेरै एकै सिद्धान्त छ,– चुप लागेर बस्दैमा सफलता प्राप्त गर्न सकिदैन, मिहेनत गर्नुपर्छ ।’
फलानो पत्रिकाले समाचार बनाउला भन्ने सोचेर भन्दा पनि सफलतालाई दृष्टिगन गरी काम गर्न सकेमा उत्कृष्ट हुने सकिने उनले सुनाए । लम्सालले उडमन्डसन पार्क, बार्डिया, लिभरपूल, लेपिङ्गटन, ग्लेनफिल्ड, कम्वारी फिल्ड्स लगायत कार्यक्षेत्र बनाएर काम गरिरहेका छन् ।
उनले आफू नियमित रुपमै काम गरिरहेको, यसप्रकारका सम्मान तथा अवार्डहरु पाइन्छ भनेर नसोँचेको तर पत्रिकाले यसबारे जानकारी दिदै अन्तर्वार्ता लिएपछि खुशीमात्र नभएर अलमल्ल समेत परेको बताए ।
डेलि टेलिग्राफ मुरारीको प्रशंसा गर्दै उनलाई आत्म स्वाभिमान, आत्मविश्वासी व्यक्तिको रुपमा चित्रण गरेको छ । आफ्नो यस कर्ममा परिवार साथै नेपाली समुदाय मात्र नभएर अष्ट्रेलियन समुदायले समेत साथ र सहयोग गरेको उनको भनाइ छ ।
यो पनि हेर्नुहोस्:
शबर्बकै उत्कृष्ट बने नेपाली एजेन्ट मुरारी






