सिड्नी । नेपाली कांग्रेस तरुण विभागले तरुण विभाग अष्ट्रेलियाको प्रमुखमा समित केसीलाई मनोनयन गरेको छ ।
१४ औं महाधिवेशनको तयारीमा रहेको काँग्रेसले केसीको संयोजकत्वमा ११ सदस्यीय समिति मनोनयन गरेको हो । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवं तरूण बिभागका संयोजक शंकर भण्डारीले श्रावण ३ को बिभागको निर्णय बमोजिम उक्त जिम्मेवारी तोकेका हुन् । केसी नेपाली काँग्रेसको राजनितिमा युवा तरूणहरूका बिच प्रभाव राख्ने प्रखर र स्पस्ट वक्ताको रुपमा परीचित छन् । १४ औं महाधिवेशन लाई लक्षित गरी ढिलै भए पनि केन्द्रीय निति र निर्णय अनुरूप यतिबेला काँग्रेसले स्वदेश एबंम बिदेशमा आफु मातहतका बिभिन्न बिभाग गठन र मनोनयन लाई तिब्रता दिएको छ ।
जसको सदस्य सचिवमा विवेक थापा (कास्की) हाल भिक्टोरिया, ईश्वर पहारी (कास्की) हाल न्यू साउथ वेल्स, हर्ष भट्टचन (काठमाडौं ) हाल न्यू साउथ वेल्स, अनन्त गुरूङ (स्याङ्जा) हाल न्यू साउथ वेल्स, मनदिप के सी ( बिराटनगर) हाल ब्रिसबेन, बिशाल श्रेष्ठ (स्याङ्जा) हाल क्यानबेरा, तेज थापा (कास्की) हाल तास्मानिया, तिलक आले मगर (स्याङ्जा) हाल एडिलेड गम बहादुर भुजेल (कास्की) हाल डार्विन, रबिन अधिकारी (मोरङ्) हाल पर्थ रहेका छन् ।
संयोजक केसीले अष्टेलियामा रहेका युवा तरूणहरूलाई समन्वय र सङ्गठित गरि सङ्गठनलाई गतिशील बनाउदै प्रवास देखि जन्मभूमिसम्म राजनैतिक र सामाजिक कर्मका साथ जोडिने प्रतिबद्धता गरेका छन् ।






