नेपालमा मानवीय सहायताको लागि ५ करोड अमेरिकी डलर संकलन गर्ने युनिसेफको अभियानमा प्रशिद्ध ब्राजिली फुटबल खेलाडी नेईमार जुनियर पनि सहभागी भएका छन् । नेईमारले नेपालको सहयोगको लागि आर्थिक संकलन अभियानमा उत्साहजनक सहभागिता जनाउन आप्mनो देश ब्राजिलका नागरिकहरुलाई आव्हान गरेका छन् । रोल…
बार्सिलोनाका स्टार खेलाडी नईमारले एक भिडियो सन्देश सार्वजनिक गर्दै ब्राजिलका जनतासँग नेपाललाई परेको महाविपत्तीमा आपतकालिन आर्थिक सहयोग गर्न अपिल गरेका छन् । नेपालमा परेको विपत्तिका बेला नेपाललाई आपतकालिन सहयोग स्वरुप ५ कारोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य युनेसेफले लिएको छ । राष्ट्रि संघीय बाल कोष, युनिसेफले संकलित रकम नेपालमा स्वच्छ खानेपानी, पोषण, बाल बालिकालाई खोप अभियान तथा अन्य अत्यावस्यक सेवामा खर्च गर्ने जनाएको छ । युनिसेफले नेपालका हजारौ बालबालिका र तिनका परिवारलाई लक्षित गरि नेपालमा विभिन्न अभियान चलाउँदै आएको छ ।
५ करोड अमेरिकी डलर संकलन गर्ने लक्ष्य : नेइमार







