बेलायतको एकमात्र नेपाली क्रिक्रेट लिग’गोल्डेन एभरेष्ट लिग’को उपाधि नोटिङ्घमलाई

शिब भण्डारी

लण्डन । गोल्डन एभरेष्ट मिडल्याण्ड क्रिकेट लिग भव्यताका साथ सम्पन्न भएको छ ।मिडल्याण्डका युबा पुस्ताहरुलाई मध्यनजर गर्दै लिगले मे महिनादेखि आयोजना गरेको खेलकुद कार्यक्रममा २६ खेल सञ्चालन भएका थिए । कोभीडको कारणले गर्दा उद्घाटन समारोह नगरिएपनि समापन समारोह भने भव्य रुपमा सञ्चालन गरिएको हो ।

नेपाली समाज नटिंघमका अध्यक्ष तथा गोल्डेन एभरेस्ट लिगका संयोजक एवं नवनिर्वाचीत एनआरएनए यूकेका सदस्य हिरा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएनए बेलातका अध्यक्ष प्रेम गाहा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै गोल्डेन एभरेस्ट लिमिटेड कम्पनिका प्रमुख तथा लिगका प्रमुख स्पोन्सर कमल भण्डारी,एनआरएनए आइसीसी मानार्थ सदस्य एवं नेपालीसमाज नटिघमका सस्थापक अध्यक्ष रणबहादर खाती क्षेत्री, एनआरएनए आइसीसी सदस्य दयानिधी सापकोटा, आइसीसी सदस्यहरु कोशलेश्वर ढकाल, महेश अधिकारी, साझा नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण शर्मा सापकोटा, शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी, पीटरब्रो नेपाली समाजका अध्यक्ष हरीहर भट्टराई, श्रीजनशील नेपाली समाज लेस्टरका अध्यक्ष नारायण फुयाँल, हाम्रो नेपाली समाज ओल्बह्यामट्नकि अध्यक्ष गोमा पौडेल उपस्थिती थिए ।

त्यस्तै डर्बी नेपाली समाजका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, ग्रन्थमा नेपाली समाज उपाध्यक्ष किशोर लामीछाने, सामाजिक अभियन्ता केशब भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष विष्णु खरेल, एनआरएनए नवनिर्वाचित सहकोषाध्यक्ष शशांक शर्मा, गल्कोट समाजका अध्यक्ष भोजराज कडेल, सदस्यहरु उपेन्द्र पौडेल, पदम शाही, भीम खनाल, भनुभाक्त घिमिरे, सुरेश श्रेष्ठ, भीम सारु इल्किस्तन, साझा समाजका सदस्य गुञ्जेश्वर न्यौपाने,डर्बीका महा शर्मा, साझा नेपाली समाज सचिव हरि भट्टराइ, साझा नेपाली समाज उपाध्यक्ष प्रेम आले मगर, एनआरएन यूके युवा संयोजक तीर्थ बहादुर मल्ल (अनिल), हाम्रो नेपाली समाज ओल्बहाम्टनका अध्यक्ष गोमा पौडेल, निटरिङमकी उपाध्यक्ष अर्चना हमाल लगायतको उपस्थिती रहेको थियो ।

नेपाली समाज नटिंघमका सस्थापक अध्यक्ष एवं एनआरएनए आईसीसी मानार्थ सदस्य रणबहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रममा स्पोन्सर गर्नहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै नेपाली समाज नटिंघमबाट एनआरएनए यूकेको नया कार्यसमितिमा उपाध्यक्षमा निर्वाचित गोबिन्द खरेल, एनआरएनए यूके सचिव विष्णु चालिसे-एनसीसी सदस्य हीरा सापकोटा, राज्य समन्वय परिषद (इंग्ल्याण्ड) सचिव राम प्रसाद पन्थीलाई समाजको स्थानलाई उँचो बनाएको भन्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा एनआरएनए अध्यक्ष प्रेम गाहा मगरले सम्बोधन गर्दै खेलाडीहरुको वृति विकासको निम्ती एनआरएनए निरन्तर रुपमा खटिने बताउँदै उक्त अभियानमा गोल्डन एभरेष्ट मिडल्याण्ड क्रीकेट लिगले पुर्याएको योगदानको प्रशंसा गरे । उनले आफूहरुले एनआरएनएको चुनावी दौरानमा गरेका सबै प्रतिबद्धताहरु पूरा गर्ने गरी अघि बढेको बताए ।

गोल्डेन एभरेस्ट लिमिटेड कम्पनिका प्रमुख तथा लिगका प्रमुख स्पोन्सर कमल भण्डारी, एनआरएनए आइसीसी मानार्थ सदस्य एवं नेपालीसमाज नटिघमका सस्थापक अध्यक्ष रणबहादर खाती क्षेत्री, एनआरएनए आइसीसी सदस्य दयानिधी सापकोटा, आइसीसी सदस्यहरु कोशलेश्वर ढकाल र महेश अधिकारी, साझा नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण शर्मा सापकोटा, शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी, पीटरब्रो नेपाली समाजका अध्यक्ष हरीहर भट्टराई, सिर्जनशील नेपाली समाज लेस्टरका अध्यक्ष नारायण फुयाँल, हाम्रो नेपाली समाज ओल्बह्यामट्नकि अध्यक्ष गोमा पौडेल, डर्बी नेपाली समाजका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, ग्रन्थमा नेपाली समाज उपाध्यक्ष किशोर लामीछाने, सामाजिक अभियन्ता केशब भण्डारी, सहकोषाध्यक्ष शशांक शर्मा, गल्कोट समाजका अध्यक्ष भोजराज कडेल लगायतले सम्बोधन गरेका थिए ।

नोटिङ्घम गोर्खा क्रिक्रेट प्रथम भएको छ भने शान्ति नेपाली समाज दोस्रो, गोर्खा टाइगर लेस्टर तेस्रो, डर्बी लायन्स चौथो नेप्लिज वायरियर पाचौं भएका छ्न । गुर्खा क्रिकेट टिम नोटिङघमका ४६४ रन बनाउँदै उत्कृष्ट ब्याट्सम्यानको रुपमा सुमन श्रेष्ठ, उत्कृष्ट बलरको रुपमा १२ विकेटसहित गोर्खा टाईगर लेस्टरका जनक भट्टर्राई, उत्कृष्ट अल्लराउण्डरमा शान्ति नेपाली समाजका निसाना बुर्लाकोटी सम्मानित भएका छन् ।

सबै खेलाडीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । पहिलो चरणको कार्यक्रम राम प्रसाद पन्थी तथा दोस्रो चरणको कार्यक्रम एनआरएनए यूके सचिव समेत रहेका विष्णु चालिसेले सञ्चालन गरेका थिए ।

कार्यक्रममा नोटिघंम टीमका पूर्व कप्तान तथा नोटिघंम समाजका अध्यक्ष दिपक सापकोटाले खेलाडीहरुको मनोबल र हौसला उचो पार्ने गरी यस लिग आयोजना गरिएको भन्दै यस बर्षको कार्यक्रम रोचक रुपमा सम्पन्न भएको बताए । यसले कोभिड महामारीको कारण तनावमा रहेका नेपालीहरुलाई धेरै सहज भएको विश्वास लिइएको समेत बताए ।

६ अप्रिल २०१९ मा तत्कालिन राजदूत डा. दुर्गा बहादुर सुवेदीबाट एक बिशेष समारोहको साथमा उद्घाटन गरी सुरु भएको यो लीग मिडल्याण्डबासी नेपालीहरु र पूरै युकेमा रहने नेपालीहरुको आकर्षणको केन्द्र बनेको छ ।