लण्डन । चितवन एड ट्रष्ट (क्याट युके)ले कार्यसमितिमा थप पाँच जना सदस्यहरुलाई मनोनयन गरेको छ । १२ सेप्टेम्बर २०२१ मा बसेको कार्यसमितीको बैठकले विकास सापकोटा, किशोर श्रेष्ठ, दिपेन्द्र अधिकारी, फुलप्रसाद कंडेल र लिलाधर पौडेललाई कार्यसमितिमा चयन गरिएको हो ।
संस्थाका अध्यक्ष रितेश पाण्डेले नयॉं सदस्यहरूलाई प्रमाणपत्र प्रदान गर्दे बधाईसहित शुभकामना दिएका थिए । बैठकले पूर्ब अध्यक्ष, पूर्ब कार्यसमितीका पदाधिकारी र बरिष्ठ समाजसेवीहरू सम्मिलीत ४१ जनालाई क्याट युकेको सल्लाहकार चयन गरेको छ । त्यस्तै, वर्तमान कार्यसमितीका तिनजना उपाध्यक्षहरूलाई तिन महत्वपूर्ण बिभागको संयोजकमा चयन गरेको छ । जसमा अर्थ संकलन संयोजक अर्थात फन्ड राइजिङ कोअर्डिनेटरमा राजु आचार्य, सदस्यता वृद्धि गर्न गठन गरिएको मेम्बरशिप ड्राइभ संयोजकमा रघु दाहाल र संस्थागत समन्वय विभाग अर्थात अर्गनाइजेशन कोअर्डिनेशन कमिटि संयोजकमा तोयानाथ रिजालले जिम्मा पाएका छन् ।
यसैगरि बैठकले च्यारिटी संस्थामा अति संबेदनशिल र महत्वपूर्ण क्षेत्र मानिने च्यारिटी सल्लाहकारको जिम्मा बिगतमा संस्थाको बिभिन्न पदमा रहि महत्वपूर्ण योगदान पुर्याउंदै आएका यादव श्रेष्ठलाई चयन गरेको छ । त्यसैगरी क्याट यूके पास्ट प्रोजेक्ट मनिटरिङ एन्ड इभालुएसन अर्थात क्याट यूकेले पहिले गरेका काम तथा प्रजेक्टहरुको अनुगमन निरिक्षण र मूल्यांकन कमिति पनि गठन गरेको छ जसको संयोजकमा संस्थाका संस्थापक अध्यक्ष एवं ट्रष्टी कपिल श्रेष्ठ रहेका छन् । उक्त बैठकले हालैमात्र एन आर एन ए, युकेमा निर्वाचित भएर आएका क्याट युकेका आजिवन सदस्य तथा विगतमा क्याट युकेको कार्यसमितीमा समेत रहेर सेवा पुर्याएका पदाधिकारीहरुलाई संस्थाका पूर्व अध्यक्षहरूले खादा ओढाएर सम्मान गरेका थिए ।
यसरी सम्मानित हुने हरुमा उक्त संस्थाका आईसिसि सदस्य समिर खनाल, उपाध्यक्ष सुनिलबाबु खड्का र कोषाध्यक्ष बिष्णु खरेल छन् । यसैगरी केहीहप्ता पहिले कार दुर्घटनामा परी घाइते भई हाल स्वास्थ्यलाभ गरिरहेका संस्थाका आजिवन सदस्य एवं सल्लाहकार ध्रूबहरि बास्कोटाको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । बैठकमा संस्थाका उपाध्यक्ष रघु दाहालले स्वागत मन्तव्य राखेका थिए भने संचालन संस्थाका महासचिब रमेश श्रेष्ठले गरेका थिए ।
बैठकको अध्यक्षता गरेका संस्थाका अध्यक्ष रितेश राज पाण्डेले आफ्नो अमूल्य समय निकालेर बैठकमा उपस्थिती जनाएका सबैलाई धन्यवाद दिएका थिए । उनले संस्थालाई अब फरक ढंगबाट अघि बढाउने भन्दै सबैसँग हातेमालो गर्दै नयाँ परियोजनाहरुको सुरुवात गर्ने लण्डन नेपाल न्यूजलाई बताए ।
नेपालको चितवन घर भई बेलायमा रहेका चितवनबासीहरुको संस्था क्याट यूकेले बेलायतमात्र नभएर नेपालमा पनि समाजसेवा गर्दै आएको छ । अध्यक्ष पाण्डले जस्तोसुकै समस्या पर्दा पनि क्याट यूकेलाई जानकारी गराउन आग्रह गर्दै त्यसमा लागि पर्ने बताए ।






