अमेरिकामा भएको आगलागीमा परी ५ नेपाली मूलका मानिसहरुको मृत्यु

न्यूयोर्क । अमेरिकाको आक्रन शहरमा भएको आगलागीमा परी पाँच जना नेपालीहरुले ज्यान गुमाएका छन् ।

ओहायो राज्यमा पर्ने उक्त शहरमा १३ सोमबारका दिन भएको आगलागीमा परी ३ जना बालबालिका र २ जना वयस्कको निधन भएको हो । मृतक हुने सबै नेपाली भाषी भुटानीहरु हुन् ।

आक्रन अग्नी नियन्त्रण बिभागले जनाए बिहानै आगलागी हुँदा ५ जनाको निधन भएको र ४ जना घाइते भएका छन् ।

आक्रन शहरको लिनडेन एभेन्यु स्थित १११८ घर संख्यामा राती करिब १ बजे आगलागी भएको समाचार संस्थाहरुले जनाएका छन् ।

विभागका अनुसार आकस्मिक कामदारहरुले उनीहरुका छिमेकी र नातेदारहरुले त्यहा पुगे पछि परिवारका सदस्यहरुलाई बाहिर निकाल्ने प्रयास गरेका थिए ।

त्यहाँको शव परीक्षण केन्द्रले जनाए अनुसार ३ जना बालबालिका र २ जना वयस्कको मृत्यु भएको उल्लेख गरेको छ । उनीहरु पढ्ने बिद्यालय आर्कन सरकारी बिद्यालयका प्रवक्ताका अनुसार ५ बर्ष,११ बर्ष र १६ बर्षका बिधार्थीको निधन भएको जनाएका छन ।

बिद्यालयले गहिरो दुख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना प्रकट गरेको छ । नातेदार तथा छिमेकीका अनुसार त्यहाँ २ भुटानी परिवारहरु बस्ने जनाएका छन् ।