विपी कोइराला युवा नेतृत्व विकास मञ्च पश्चिम अष्ट्रेलियाको गठन, अध्यक्षमा पौडेल

सिड्नी । विपी कोइराला युवा नेतृत्व विकास मञ्च पश्चिम अष्ट्रेलियाको संयोजकमा उमेश पौडेल चयन भएका छन् ।

अष्ट्रेलिया राष्ट्रिय कार्यसमितिले पश्चिम अष्ट्रेलियामा शाखा विस्तार गर्दै पौडेलको नेतृत्वमा नयाँ शाखा गठन गरेको हो ।

गत शनिबार पर्थमा भएको एक विशेष भेलाले अध्यक्षमा पौडेल, उपाध्यक्षमा उषा खनाल, सचिवमा सन्तोष भट्ट, सहसचिवमा सुदिप सापकोटा, कोषाध्यक्षमा ईश्वर अधिकारीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सजना घिमिरे, शान्ति अधिकारी, निरोज ढकाल, विनोद प्रसाई, सन्देश रेग्मी, कुशल भट्ट, अनुरोध वस्यौला, ध्रुव रेग्मी, कृष्ण रोकाया, प्रवीण सुनार रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा वीरजुङ्ग गुरुङ्ग, सन्तोष थापा, अन्जना श्रेष्ठ, अनुराग पाण्डे, दिनेश महर, कुलचन्द्र अधिकारी, किशोर पन्त, सतिश गुरुङ्ग, सम्पदा लामिछाने र समिक्षा शर्मा रहेका छन् ।

अष्ट्रेलियामा संगठित भएको छोटो अवधिमै लोकप्रियता कमाएको विपी युवा मञ्चले विभिन्न राज्यमा आफ्नो संगठन विस्तारको योजना अघि सारिरहेको छ ।

महामानव विपी कोइरालाले देखाएको मार्गनिर्देशनलाई आजका युवा पुस्ताले मनन गरेर अघि बढ्न सकुन् भन्ने उद्धेश्यले संस्थाको अष्ट्रेलिया शाखा केही समय अघि गठन भएको मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश अधिकारीले बताए ।

मञ्चका ओशियाना संयोजक एवं एनआरएनए अभियन्ता प्रज्वल भट्टराईले अष्ट्रेलिया लगायत ओशियाना क्षेत्रमा मञ्चको संगठन विस्तरको काम भइरहेको बताए ।

मञ्चमार्फत विभिन्न सकारात्मक कामहरु गरी नेपाललाई सहयोग पुर्याउने संस्थाको लक्ष्य रहेको छ ।