काठमाडौं, २६ बैशाख । इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगितामा आज सात खेल हुदैछन् । नेपाली समयानुसार बेलुकी साढे ५ बजे ११ औँ स्थानको एभर्टनले रेलिगेसन क्षेत्रमा रहेको सण्डरल्यान्डसंग खेल्दैछ । राति पौने ८ बजे ५ खेल हुँदैछन् । स्टोन भिल्लाले वेष्ट ह्याम युनाइटेड, हल सिटीले बर्नलेसंग, लेस्टर सिटीले साउथ ह्याम्पटनसंग, न्यूकासल युनाइटेडले वेष्ट ब्रोमविच आल्वियनसँग, स्टोक सिटीले टोटनह्याम हट्स्परले सँग खेल्ने छन् । राति सवा दश बजे हुने खेलमा चौथो स्थानको म्यानचेष्टर युनाइटेडले १२ औ स्थानको क्रिस्टल प्यालेससँग खेल्नेछ । यो सिजनको लिग उपाधि यस अघिनै लण्डन क्लव चेल्सीले जितिसकेको छ ।
प्रिमियर लिगमा आज सात खेल हुने






